माओवादी सचिव गुरुङद्वारा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत घाइतेहरूसँग भेट

Read Time:1 Minute, 23 Second

रूद्र श्रीसमगर

पोखरा, २३ वैशाख

नेकपा–माओवादीका सचिव देव गुरुङले यही वैशाख १२ गते शनिबार गएको महाभूकम्पबाट घाइते भइ हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा उपचाररत घाइतेहरूसँग भेट गरेका छन । भूकम्पप्रभावित जिल्ला गोरखा पुगेर पोखरा आएका सचिव गुरुङले सो अस्पतालमा उपचार गराइरहेका घाइतेहरूसँग कुराकानी समेत गरेका थिए साथै, उहाँले घाइतेहरूको अवस्था, उपचारको व्यवस्था तथा राहतका बारेमा समेत बुझेका थिए भने आफूले पार्टी र आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने आश्वासन समेत दिए । 

सचिव गुरुङसँगै तमुवान राज्य इञ्चार्ज श्रीनाथ अधिकारी ‘श्याम’, कास्की जिल्ला सेक्रेटरी अर्जुन छन्त्याललगायतका माओवादी नेताहरूले समेत घाइतेहरूसँग प्रत्यक्ष कुराकानी गरेका थिए ।माओवादी सचिव गुरुङ बुधबारै भूकम्पप्रभावित पूर्वी लमजुङका गाविसहरूको स्थलगत भ्रमणमा जाने भएका छन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %