भुकम्प पीडितसँग बेगखोला कल्याणकारी समाज पोखरा

Read Time:1 Minute, 6 Second

मेजन पून मगर

कास्की,म्याग्दी जिल्ला बेगखोला गाविसबाट विभिन्न समयमा पोखरा वरिपरि आएर बसोबास गरिरहेका बेगखोलेहरुको साझा सामाजिक संस्थाले वैशाख १२ गते आएको महाभुकम्पबाट घाइते भई मणिपाल अस्पताल पोखरामा उपचार गराई रहेका १२२ जना घाइतेहरुलाई समाजका अध्यक्ष तथा यस कार्यका संयोजक ओमप्रसाद पुनको अग्रसरता र समाजका सदस्यहरुको सहयोगमा वैशाख २१ गते विहानको खाना र दिनको खाजा खुवाएर थोरै भए पनि भुकम्पमा परेका व्यक्तिहरुलाई सहयोग गर्ने काम सम्पन्न गरेको छ ।

यसै गरि लखन चोकमा स्थित गण्डकी मेडिकल कलेजमा पनि भुकम्पबाट पीडितहरुलाई चाँडै खाना र खाजा खुवाउने व्यवस्था गर्ने छ भने त्रिपाल र कम्बल पनि वितरण गर्ने पहल भई रहेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %