पाल्पामा पनी पुर्यायो भुकम्पले ठुलो क्षति

Read Time:3 Minute, 56 Second

भुकम्पले पाल्पामा झण्डै ५ हजार बिस्थापित, ६३ सय ८४ घरमा क्षति

देब पचभैया

पाल्पा, बैशाख २० – १२ गते शनिबार आएको महाभुकम्पले पाल्पामा ६३ सय ८४ घरमा क्षति पुगेको छ ।
४ हजार ९ सय २२ जना बिस्थापित भएका छन् । जिल्ला दैबिक प्रकोप उद्धार समिति पाल्पाका अनुसार भुकम्पले ८ सय ८५ घरमा पुर्ण क्षति पुर्याएको छ भने १२ सय ९९ घरमा आंसिक र ४२ सय घरमा सामान्य क्षति पुगेको छ ।समितिका अध्यक्ष एबं पाल्पाका प्रमुख जिल्ला अधिकार बिष्णु कुमार कार्कीका अनुसार क्षतिको बिवरण संकलन भैरहेकोले यसमा बृद्धि हुने क्रम जारी छ ।

गाउ बिकास समितिका सचिब र प्रत्येक गाबिसमा दुई जना प्रहरीले क्षतिको बिवरण संकलन गरीरहेको र मुचुल्का उठाउने काम भैरहेको कार्कीले जानकारी दिए ।बिस्थापितहरुलाई अहिले त्रिपाल मात्रै बाडेको र क्षतिको यर्थाथ बिवरण प्रास्त भएपछि जिल्ला बाट प्रदान गर्न सकिने अन्य राहात प्रदान गर्ने प्रमुख जिल्ला अधिकारी बिष्णु कार्कीले बताए ।
पु

र्बी पाल्पाका बाकामलांग, सहलकोट लगाएतका स्थानमा कम्बल लगाएतका सामाग्री पनि बाड्न शुरु भएको उनको भनाई छ । भुकम्प प्रभाबित हरुलाई राहत बितरण काम भैरहेको जिल्ला दैबिक प्रकोप उद्धार समिति पाल्पाले जानकारी दिएको छ ।

आज पनि तानसेन, बन्दीपोखरा, जल्पा, हेक्लांग, यम्घा,.दर्लामडाडा, हुमिन, देबीनगर, बौघागुम्हा, बौघापोखराथोक,कोलडाडा लगाएतका स्थानमा राहात बितरण गरिएको बताईएको छ ।
यसै बिच भुकम्पबाट प्रभाबित भएकाहरुको लागी राहात बितरण गर्न भन्दै नेकपा एमाले पाल्पाले आज जिल्ला दैबिक प्रकोप उद्धार समिति पाल्पालाई एक लाख १ हजार रुपिया प्रदान गरेको छ । जिल्लामा रहेका आफ्ना कार्यकर्ता, सुभचिन्तकहरुबाट तत्काल उठेको १ लाख १ हजार रुपिया एमाले पाल्पामा कार्यबाहक अध्यक्ष देबी बस्यालले समितिका अध्यक्ष एबं प्रमुख जिल्ला अधिकारी बिष्णु कार्कीलाई हस्तान्तरण गरेका हुन
। पाल्पामा भुकम्पबाट मानबिय क्षति नभएपनि ग्राउका प्राय सबै घरमा क्षति पुगेको छ ।भुकम्पबाट प्रभाबित भएकाहरुलाई सहयोग गर्न भन्दै बिभिन्न संघ सस्थाहरुले पनि राहत बितरणको लागी सक्रिय भएर अघि बढिरहेका छन् ।पाल्पा फर्निचर ब्यवशासी संघले पनि आज भुकम्प प्रभाबित हरुको लागी ३ सय केजी आटा प्रदान गरेको छ ।

फर्निचर ब्यवशासी संघ पाल्पाका अध्यक्ष टंक पुनले पाल्पाका प्रमुख जिल्ला अधिकारी बिष्णु कार्की मार्फत भुकम्प प्रभाबित हरुको लागी सो सामान प्रदान गरेको संघका कोषाध्यक्ष मोहन दर्लामीले जानकारी दिए।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %