सोलमा मैन बत्ती प्रज्वलन सम्पन्न

Read Time:1 Minute, 23 Second

निश्चल काउचा
  सोल-गत बैशाख १२ गते गएको बिनाशकारी भूकम्पमा परि दिवङगत हुने नेपालीहरुको चिर शान्तिको कामना गर्दै कोरियाको राजधानी सोल स्थित सिटिहलमा एन आर एन कोरिया लगायत कोरियामा रहेका विभिन्न क्रियाशील संघ संस्थाको संयुक्त आयोजनामा मैन बत्ती प्रज्वलन गरियो । उक्त अवसरमा एन आर एन अध्यक्ष बिनोद कुवर, आई सी सी कोरिया प्रतिनिधि केपी सिटौला, जनजाति महासंघ कोरियाका अध्यक्ष भक्त शेरचन, वोमन फर वोमनका अध्यक्ष मल्लिका थकाली, सोनसिक अध्यक्ष बिमल सुबेदी लगायत क्रियासिल संघ संस्थाका प्रतिनिधिहरु, कोरियामा रहेका विभिन्न पेशामा आवद्ध नेपालीहरु, नेपाल र नेपाली प्रति सद्भाव राख्ने कोरियनहरुको बाक्लो उपस्थिति रहेको थियो । सोही अवसरमा प्रे फर नेपाल, हेल्प फर नेपाल लेखिएको ब्यानर बोकेर भुकम्प पिडितको लागि सहयोग संकलन पनि गरिएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %