जनमुक्ती उद्दारमा खटिदै

Read Time:2 Minute, 28 Second

राष्ट्रिय जनमुक्ति पार्टी लुम्विनी राज्य परिषदले राहत वितरणको लागि टोली खटाए

गोविन्द घर्ती
रुपन्देही बैषाख २० । राष्ट्रिय जनमुक्ति पार्टी लुम्विनी राज्य परिषद र जिल्ला समिति रुपन्देहीले संयुक्त रुपमा संकलन गरिएको राहत वितरणको लागि टोली खटाएको छ । बैषाख १२ गते शनिवार गएको महाभूकम्पबाट पिडितहरुलाई राहत प्रदानको लागि राष्ट्रिय जनमुक्ति पार्टीले विभिन्न जिल्लामा टोली खटाएको हो । पार्टी कार्यकर्ता, शुभचिन्तकबाट संकलित राहत काठमाडौ, सिन्धुपाल्चोक, गोर्खा, चितवन, काभ्रे लगायतका जिल्लाका भूकम्प पिडितहरुलाई प्रदान गरिने सो पार्टीले जनाएको छ ।

राहत प्रदान गर्न काठमाडौका लागि संघीय परिषद सदस्य हरीदेव थापा, होमाया गुरुङ्ग, चितवनको लागि स्थायी समिति सदस्य पदम गुरुङ्ग, प्रेम मल्ल, गोर्खाको लागि हस्तबहादुर थापा दलबहादुर थापा, सिन्धुपाल्चोकको लागि युवा मोर्चा केन्द्रीय कोषाध्यक्ष शंकर गाहा, दलबहादुर थापालाई पठाईएको लुम्विनी राज्य परिषदका सचिव तिलबहादुर झेडीले बताए । 


राहत सामाग्री लिएर गएका टोलीलाई रुपन्देहीको बुटवलमा पार्टीका महासचिव केशव सूर्यवंशीले एक कार्यक्रमका वीच विदाई गरिएको सो पार्टीले जनाएको छ ।


राहत सामाग्रीमा ३ सय ५० कार्टुन चाउचाउ, २ सय ५० पेटी पानी, एक सय पेटी जुस, एक सय कार्टुन विष्कुट, चामल, चिउरा लगायत रहेको छ । राहत संकलन कार्य जारी रहेकोले संकलन भएको अन्य सामाग्री पुनः अन्य जिल्लामा पनि वितरण गर्दै जाने पार्टीका जिल्ला अध्यक्ष झमबहादुर गुरुङ्गले बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %