बेगखोला कल्याणकारी समाज पोखराको सहयोग

Read Time:1 Minute, 52 Second

मेजन पुन

कास्की-म्याग्दी जिल्ला अन्तर्गत ३१ गा.वि.स मध्ये बेगखोला गा.वि.स.को दक्षिणतर्फ राखु, पूर्वतर्फ कालीगण्डकी पारी हिस्तान, पश्चिमतर्फ दग्नाम, उत्तर–पश्चिम चिमखोला र उत्तर–पूर्व दोवा गा.वि.स.को सिमाना रहेको छ । यो गा.वि.स. कूल २४ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएर रहेको छ । यस गाविसबाट बेला बेलामा बसाई सराई गरि पोखरा आएका बेगखोलेहरुको साझा सामाजिक संस्था बेगखोला कल्याणकारी समाजको अध्यक्ष ओम पुर्जाको अध्यक्षतामा बसेको बैठकले २०७२ साल वैशाख १२ गते आएको विनासकारी महाभुकम्पमा परेर उपचारार्थ पोखराको गण्डकी अञ्चल अस्पताल र मणिपाल अस्पतालमा आएका घाइतेहरुलाई एक दिन खाना खुवाउने भन्ने निर्णय गरेको छ ।

साथै बेगखोला कल्याणकारी समाजले पोखरामा रहेको आफ्नो समाजभित्र मात्र जति सक्दो छिट्टो जिन्सी उठाएर वितरण गर्ने भन्ने निर्णय अनुरुप अध्यक्ष ओम पुर्जाको संयोजक र कोषाध्यक्ष कुमार पुर्जाको सह संयोजकत्वमा सहायता कोष संकलन गर्ने निर्णय समेत गरेको छ । यसको लागि बेगखोला कल्याणकारी समाज अन्तर्गत युके र हङकङमा बसोबास गर्ने महानुभावहरुलाई पनि सहायताको लागि अनुरोध गर्ने निर्णय वैशाख १९ गते बसेको बैठकले पारित गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %