भूकम्पले घर चर्किए ? इन्जिनियरलाई खबर गर्नुस् ,निशुल्क सेवा

Read Time:1 Minute, 27 Second

काठमाडौं, वैशाख १८ – शनिबार गएको भूकम्पका कारण देशभर हजारौं घर चर्किएका छन् । तर अब चर्किएका घरमा बस्न हुन्छ या हुदैन ? अब के गर्ने ? भन्ने बारेमा इन्जिनियरले निःशुल्क सल्लाह तथा घर चेकजाँच गरिदिने भएका छन् ।

सिभिल इन्जिनियरको समूहले त्यस्ता घरको चेकजाँच गरी घरको कसरी मर्मत गर्ने ? अब ति घरमा बस्न हुन्छ वा हुँदैन ? भन्ने लगायतका बारेमा निःशुल्क सल्लाह दिन थालेका छन् । भूकम्प डट नेट नामक वेवसाइट मार्फत उनीहरुले यस्तो सेवा सुरु गरेका हुन् ।
सेवा लिनका लागि घरको चर्किएको स्थानको ३ वटा फोटो खिचेर वेवसाइटमा राख्न सकिने इन्जिनियर प्रमोद न्यौपानेले जानकारी दिनुभयो । त्यसपछि इन्जिनियरको समूहले साइटमा प्राप्त फोटो हेरेर घरको चेकजाँच गर्नेछन् ।
त्यसपछि घर बस्न योग्य छ छैन वा कसरी मर्मत गर्ने भन्ने बारेमा सल्लाह दिने गर्छन् । वेवसाइटमा घरको फोटो पठाउँदा आफ्नो घर कति चर्केको, कुन तरिकाले चर्केको पनि खुलाउनु पर्ने बताएका छन् ।

http://bhukampa.net/

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %