आदिवासी जनजातिहरुको पाश्वचित्र निर्माण हुने

Read Time:3 Minute, 38 Second

दाङ, वैशाख १७ । दाङका आदिवासी जनजातिहरुको प्रोफाइल (पाश्र्वचित्र) निर्माण हुने भएको छ । आदिवासी जनजाति उत्थान विकास समाज दाङले घोराहीमा एक कार्यक्रमको आयोजना गरी प्रोफाइल निर्माण हुने जानकारी दिएको हो ।
आदिवासी जनजातिहरुको प्रोफाइल (पाश्र्वचित्र) निर्माण सम्बन्धमा बुधवार सरोकारवालाहरुसँग अन्तरक्र्रिया कार्यक्रमको आयोजना गरी समाजले जिल्ला विकास समिति दाङको सहयोगमा प्रोफाइल निर्माण कार्य शुरु गर्न लागेको जानकारी दिएको हो । त्यस अवसरमा लक्ष्मीमान चौधरीले प्रोफाइलमा समेटिने कुराहरुको बारेमा जानकारी गराएका थिए । त्यस अवसरमा सहभागि सरोकारवालाहरुले आदिवासी जनजाति समुदायको प्रोफाइल निर्माण गर्दा दाङमा भएका कुनैपनि समुदाय नछुट्नेगरी प्रोफाइल निर्माण गर्न आग्रह गरेका थिए । विशेषगरी निर्माण गर्ने समय पनि छोटो भएको र स्रोतसाधन पनि कम भएका कारण कम समयमा सिमित स्रोतसाधनका बावजुद पनि कसरी राम्रो गर्न सकिन्छ भन्ने कुरालाई ध्यान दिन सरोकारवालाहरुले आग्रह गरेका थिए । आदिवासी जनजाति समुदायको प्रोफाइल भएका कारण विशेषगरी सांस्कृतिक विषयलाई नछुटाउन आग्रह गर्दै उनीहरुले सामाजिक, राजनितिक कुराहरु विशेषतः मात्रृभाषा, संस्कृति, शिक्षा, स्वास्थ्य, महिलाका अवस्था, बालवालिकाका अवस्था लगायतका विषयहरुलाई छुटाउन नहुने उनीहरुले सुझाब दिएका थिए । सरोकारवालाहरुले प्रोफाइल भनेको प्राविधिक विषय भएकाले प्राविधिक कुराहरुमा विशेष ध्यान दिन आग्रह गरे । समाजका अध्यक्ष तिलबहादुर पुनमगरको अध्यक्षता तथा जिल्ला विकास समिति दाङ आदिवासी जनजाति समन्वय समितिका उपाध्यक्ष तुलसी रानामगरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला विकास समिति दाङका सिद्धार्थ विश्वकर्मा, जिल्ला जनस्वास्थ्य कार्यालय दाङका जनार्दन पन्थी, तथ्याँक कार्यालयका प्रमोदकुमार गुरुङ, घरेलु तथा साना उद्योग कार्यालयका गँगामणी शर्मा, नेपाल मगर संघ दाङका अध्यक्ष सितलाल पुनमगर, तमु ह्युल छोंज धिका अमरबहादुर गुरुङ, नेपाल कुसुण्डा विकास समाजका अध्यक्ष धनबहादुर कुसुण्डा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) दाङका अध्यक्ष देविका घर्तीमगर, लौव अग्रासन साप्ताहिकका प्रकाशक÷सम्पादक सन्तोष दहित, पत्रकार माधव चौधरी लगायतले सुझाब दिएका थिए । कार्यक्रमको सहजिकरण समाजका सचिव सुवाष पुनमगरले गरेका थिए ।
देविका घर्ती मगर ,दाङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %