दाङ, वैशाख १७ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) दाङ शाखाले अक्षयकोष स्थापना गर्ने भएको छ । पत्रकारितामा क्रियाशील आदिवासी जनजाति पत्रकारलाई प्रोत्साहन गर्न पत्रकारिता पुरस्कारको स्थापनार्थ कम्तिमा ५० हजार रुपैयाँको पुरस्कार अक्ष्यकोष स्थापना गर्ने फोनिज दाङले जनाएको छ ।

फोनिज दाङले घोराहीमा आयोजना गरेको जिल्ला भेलाका अवसरमा अक्षयकोष स्थापना गर्ने घोषणा गरेको हो । फोनिज दाङले अक्षयकोष पुरा गर्नका निमित्त सहयोग गर्न अग्रज, संस्थापक, शुभचिन्तकहरु सबैमा हार्दिक आग्रह समेत गरेको छ । फोनिज दाङका अध्यक्ष देविका घर्ती मगरको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष लक्ष्मी आचार्यको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको थियो । त्यस अवसरमा बोल्ने वक्ताहरुले आदिवासी जनजाति समुदायका पत्रकारहरुको संख्यामा बृद्धि हुँदै गएको भन्दै आदिवासी जनजाति समुदायका मुद्दाहरुलाई सोही समुदायसँगै अन्य समुदायका पत्रकारहरुले उठान गर्दा पनि कसरी बढीभन्दा बढी सम्वेदनशिल गराउने भन्ने कुरामा सचेत हुन आग्रह गरेका थिए । आदिवासी जनजाति समुदायका पत्रकारहरुको क्षमता अभिबृद्धिका निमित्त सबै लाग्नुपर्ने बताएका थिए । फोनिज दाङका उपाध्यक्ष प्रकाश चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सचिव शिव घर्ती मगरले साँगठनिक प्रतिवेदन र सहसचिव सुनिता चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन कार्यक्रमको सहजीकरण सचिव शिव घर्तीमगरले गरेका थिए ।
देविका घर्ती मगर, दाङ
