तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय

Read Time:1 Minute, 8 Second

काठमाडौँ, वैशाख १५ गते । वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट ठूलो जनधनको क्षति भएकोमा नेपाल सरकारले गहिरो दुःख व्यक्त गर्दै तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । गृह मन्त्रालयले मङ्गलबार दिएको जानकारी अनुसार राष्ट्रिय विपद्को यस घडीमा दिवङ्गत आत्माको चिर शान्तिको कामना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरिएको हो । सरकारले वैशाख १५ देखि १७ गतेसम्म तीन दिन नेपाल राज्यमा तथा विदेशस्थित कूटनीतिक नियोगमा सरकारले राष्ट्रि«य झण्डा आधा झुकाउने निर्णय गरेको हो । वैशाख १२ गते दिउँसो ११ः५६ बजे गोरखाको इपिसेण्टर भएको भूकम्पबाट ठूलो जनधनको क्षति भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %