राज्यसत्ता ,२७ मार्च २०१५
सरकार भन्छ राहत फिर्ता लैजाउ
नेपालमा गएको ७.८ म्याग्निटुड रेक्टर स्केलको भुकम्पका कारण ठुलो सन्ख्यामा जन धनको छती भएको अहिले संसार भर फैलिएको छ ,उक्त प्राकृतिक प्रकोपमा उद्दार गर्न सहयोगका लागि बिभिन्न बिदेशी दात् निकायहरुको सहयोग आउने क्रम जारी छ यसै अनुरुप बिदेशबाट उद्दारका लागि राहत सामाग्रीका साथ प्राबिधिक टोली नेपाल अाई पुगेका छन तर नेपाल सरकार भने कम्जोर व्यवस्थानका कारण सम्बन्धित ठाउमा राहत सामाग्री र उद्दारका लागि आएका बिदेशी सहयोगीहरुलाई धन्यवाद सहित व्यवस्थापना गर्नुको सातो उनिहरुलाई एयरपोर्ट्मै अलपत्री पारी जो पायो त्यही सहयोग गर्न नआउन भनी सन्देश दिएको छ ।

हाल सम्म काठमाडौंमा मात्र केन्द्रित रहे पनि पीडित हरुलाई पानी ,खाना ,वस्ने व्यव्स्था गर्न नसकेको पीडितहरु बताउछन ,उनीहरु भन्छन संसारभरीबाट सहयोग आईरहेको खबर छ तर हातमा केही नपरेको सबै जनताको गुनासो छ । सरकार एकातिर सहयोग चाहिदैन भन्दै फिर्ता गर्दैछ भने अर्को तर्फ दुर्गाम जिल्ला गाउ ठाउमा उद्दार कर्मी पुग्न नसकेकोकारण उद्दार हुन सकी रहेको छैन । थाइल्यान्ड ,जापान ,फ्रान्स आदी देश बाट आएका बिदेशी सहयोगी हरु अलपत्र परेका छन भने एअरपोर्टमा स्पेश कम हुनाले राहत सामाग्री लिएर आएका विमान पनि फर्किनु परेको खबर छ ।
