समवेदना र राहत बोकेर भुटानी प्रधानमन्त्री आए नेपाल

Read Time:1 Minute, 35 Second

१४, वैशाख काठमाडौं । नेपालमा भएको महाविपत्तिलाई आफ्नै विपत्ति सम्झेर उत्तर पूर्वी हिमाली छिमेकी राज्य भुटानका प्रधानमन्त्री छिरिङ तोग्बे काठमाडौं आएका छन् ।

भुटानी राजाको तर्फबाट नेपालले व्यहोरेको क्षतिप्रति दुःख र समवेदना प्रकट गर्न प्रधानमन्त्री आफैं विशेष विमानबाट काठमाडौं आएका हुन् ।

उनले नेपालका दुःखको यो घडीमा भुटान नेपाली जनताको साथमा रहेको बताएका छन् । भुटानले नेपाललाई यो विपत्तिमा सघाउन थप १० करोड रुपैयाँ राहत सहयोग घोषणा गरेको छ ।यस अघी नै भुटान बाट मेडिकल टिम सहित को उद्दार टोली नेपाल पठाइ सकेको छ । प्रधानमन्त्री तोग्बेले भूकम्पबाट बिनाश भएको बसन्तपुर दरवार स्क्वायर लगायत विश्व सम्पदा सूचीका ध्वस्त संरचनाहरुको अवलकोन समेत गरेका थिए ।

यसैबीच नेपालमा भएको मानवीय क्षति र राष्ट्रिय विपत्तिमा शोक मनाउदै भुटानले सोमवार आफ्नो राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत गरेको छ ।नेपालमा सहयोगका लागि आफैं काठमाडौँ आउने सरकार प्रमुख मध्य पहिलो हुन्।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %