सदरमुकाम आउदै फर्किदै भुकम्प पिडितहरु

Read Time:5 Minute, 3 Second

प्रजिअ भन्छन् जिल्लाको तथ्याङ्क आएको छैन, अहिल्यै गाउमा राहत बाडे पिटाई खाईन्छ ।

देब पचभैया

पाल्पा, बैशाख १४ शनिबार  आएको भुकम्पले घरबार बिहिन भएका पाल्पाका भुकम्प पिडितहरुले ३ दिन भैसक्दा पनि आफुहरुले राहात नपाएको गुनासो गरेका छन् ।

घर भड्किएको, लाउने कपडा र  खाने सामान समेत नभएको बेलामा सहयोग गर्नु पर्नेमा उल्टै गाबिसको सिफारिस ल्याउ भन्दै प्रशासन पुग्दा घर फकाईदिएको उनीहरुको गुनासो छ ।

बस्ने ठाउको अभाबमा त्रिपाल माग्न जिल्ला प्रशासन पुग्दा गाबिसको सिफारिस ल्याएमात्रै सहयोग गर्ने भनेपछि घर फर्किएको ठिमुरे ८ का जित बहादुर बुढाले बताए ।

दुई पटक सम्म ७ सय पर्ने त्रिपाल माग्न जिल्लामा जादा ८ सय खर्च भैसकेको भन्दै पैसा हालेरै किन्न माग्दा पसलमै त्रिपाल नभएको उनको भनाई छ ।

भुकम्पले घर भड्किएपछि दुई दिन देखि छिमेकीकोमा बस्दै आएकी बन्दीपोखरा ९ बाझा सानबेशीका ६६ बर्षिया लक्ष्मी पौडेलले पनि जिल्लाका ठुला मान्छेको ब्यवहार ठिक नभएको बताए । सहयोग माग्न जादा तयारी छैन भनेर घर फकाईदिएको उहाको गुनासो छ ।

जिल्ला दैबिक प्रकोप उद्धार समिति पाल्पाका अध्यक्ष एबं प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीले भुकम्पले क्षति पुर्याएको यकिन तथ्याङ्क अहिले सम्म प्राप्त नभएको बताए । समग्र जिल्लाको तथ्याङ्क नलिई गाउमा राहात बाड्न गए पिटाई खाएर फर्किनुपर्ने अवस्था रहेको उनको भनाई छ ।

प्रहरीले  दिएको रिपोर्टमा सबै पिडितहरुको जानकारी नभएको भन्दै यकिन तथ्याङ्क संकलन गरेर मात्रै राहात लिएर गाउ पस्ने योजना रहेको उनको भनाई छ । गाबिस सचिब र शिक्षकहरुलाई गाउमा खटाएको उनले जानकारी दिए ।

राज्यको तर्फबाट आफुहरुले पिडित हरुलाई तत्काल  ५ हजारको दरले राहत बाडेपनि

लाखौ रकमको आवश्यक हुने भन्दै प्रजिअ कार्कीले समिति संग ५ लाख मात्रै रकम रहेको जानकारी दिए ।

सोमबार बेलुकी सम्म भुकम्प बाट २ सय ८५  घर पुर्णरुपमा  क्षति भएको तथ्याङ्क आएपनि रेडक्रम सोसाईटी संग २५ वटा मात्रै त्रिपाल रहेकोले तत्काल त्रिपाल समेत दिन नसक्ने अवस्थामा रहेको उनको भनाई छ ।

भुकम्प प्रभाबितहरुको यकिन तथ्याङ्क आउने क्रम जारी रहेको भन्दै उहाले अहिले सम्म जिल्लामा १३ सय ८२ जना बिस्थापित भएको जानकारी दिए ।

११ सय ८० घरमा भुकम्पको क्षति भएको र ति मध्ये २ सय ८५ पुर्ण, २ सय ५१ आंशिक र ६ सय ४४ घरमा सामान्य क्षति पुगेको उनले जानकारी दिए ।

जिल्लाका नागरिक अगुवाहरुले भने तत्काल क्षतिको बिवरण निकालेर राहात बितरण गर्न माग गरेका छन् । ३ दिन देखि खेत बारीमा बसीरहेकाहरुलाई तत्काल त्रिपाल र खाने बस्ने ब्यवस्था मिलाउन माग गर्दै नागरिक समाज पाल्पाका सहसंयोजक मिन बहादुर केसीले तथ्याङ्क निकाल्ने र राहात जम्मा भएपछि मात्रै सहयोग गर्छु भन्नु पिडितलाई झन पिडित बनाउने काम हुने बताए । सहलकोट, कोलडाडा, ठिमुरे लगाएतका गाबिसमा रहेका घर हरुको धेरै क्षति पुगेको बताईएको छ ।

यसै बिच पाल्पा उधोग बाणिज्य संघले भुकम्प बाट घर बार बिहिन भएकाहरुको सहयोगको लागी एक लाख दिने जानकारी दिएको छ ।

पाल्पा उधोग बाणिज्य संघको बैठक बसी भुकम्प बाट पिडित भएकाहरुको सहयोगको लागी जिल्लाका सबै ब्यापारीहरु संग पनि सहयोगको लागी आग्रह गरिएको अध्यक्ष राजु महर्जनले जानकारी दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %