विनोद रखाली मगर – लक्ष्मी टेलिभिजन
भुकम्पले स्याङ्जामा ६०८ घर पूर्ण क्षति , २०९१ घरमा आशिंक , ८ प्रहरी चौकी , १० सरकारी कार्यालय, ६ विद्यालय , २ अस्पतालमा क्षति, मनपरी राहत सङ्कलन नगर्न सिडीओको आग्रह , मुलुकभर ज्यान गुमाउनेको संख्या तीन हजार ५ सय भन्दा धेरै ।
स्याङ्जा , वैशाख १४ – विनाशकारी भुकम्पले देशै भरी शोकाकुल वनाइरहेको अवस्थामा स्याङ्जामा करोडौँको भौतिक क्षति भएको प्रमुख जिल्ला अधिकारी इन्दु घिमिरेले जनाएकी छिन् ।
घिमिरेका अनुशार भुकम्पले स्याङ्जा जिल्लामा ६०८ घर पूर्ण क्षति, २०९१ घरमा आशिंक क्षति , जिल्ला स्थीत ८ प्रहरी चौकीहरु , ६ विद्यालय सहित १० सरकारी कार्यालयहरुमा क्षति पुगेको छ । यता जिल्लाको जिल्ला अस्पताल समेत चर्किएको छ । ४ महिलाहरु र १ पुरुष घाइते भएका थिए, उनीहरुको उपचार पश्चात अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक इन्द्र सुवेदीको भनाई छ ।
अधिकांश पुराना, माटाले निमार्ण गरीएका ग्रामिण वस्तीका घरहरुमा अत्याधिक क्षति पुर्याएको हो । मानविय क्षति नभएको स्याङ्जामा १० चौपायाको ज्यान गएको छ । शनिवार गएको विनाशकारी भुकम्प पश्चात अस्तव्यस्त वनेको स्याङ्जामा सवैसाधारणहरु खुला मैदान, चउर तथा विद्यालयमा सुरक्षित तरिकाले रातभर जागा रहेका थिए । यता प्रमुख जिल्ला अधिकारी इन्दु घिमिरेले जिल्लाका प्रभावित क्षेत्रका नागरिक तथा समुहमा रहेका सर्वसाधारणलाई टेन्ट, त्रिपाल , लगाएतका सामाग्रीहरु वितरण कार्य हिजो देखी जारी रहेको वताएकी छिन् ।
चर्केका घर र असुरक्षित महशुस गरीएको स्थानमा नवस्न समेत घिमिरेले आग्रह गरीन् । स्याङ्जामा हिजो जिल्लाका ८ समुहहरु विभाजन गरी विवरण सङ्कलन र राहत सामाग्री वितरण गरीएको थियो । अझै पनि प्रभावित क्षेत्रमा राहत वितरण कार्य जारी रहेको घिमिरेको भनाई छ । पिडित समुदायलाई कुनै समस्या रहेमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा खवर गर्न जिल्ला प्रमुख जिल्ला अधिकारीले आग्रह गरीन् । यसैविच जिल्लाका विभिन्न सस्ंथाहरुले प्रशासनको अनुमति विना राहत सङ्कलन नगर्न प्रशासनले आग्रह गरेको छ ।
यता वडा प्रहरी कार्यालय वालिङ्का प्रहरी निरिक्षक विजयराज पण्डितका अनुसार वालिङ् , गल्याङ्, चापाकोट लगाएत ग्रामिण भेगमा झण्डै ३०० को हाराहारीमा घरहरु पूर्ण रुपमा क्षति भएको जनाएका छन् । अहिले सम्म सम्पूर्ण तथ्य वाहिर आउन नसकेको पण्डितको भनाई छ । स्याङ्जामा क्षति विवरण सङ्कलन कार्य तिव्र रुपमा अगाडि वढेको छ । प्रमुख जिल्ला अधिकारी इन्दु घिमिरे, स्थानिय विकाश अधिकारी पुण्य विक्रम पौडेल , प्रहरी प्रमुख , प्रहरी नायव उपरिक्षक केदार रजौरे, प्रहरी निरिक्षक इन्द्र सुवेदी, प्रहरी निरिक्षक विजयराज पण्डित लगाएतको टोली जिल्लाका विभिन्न स्थानमा क्षति विवरण सङ्कलनको लागी स्याङ्जा सदरमुकाम देखि लागेको थियो ।
बिनासकारी भूकम्पका कारण ज्यान गुमाउनेको संख्या तीन हजार २ सय भन्दा धेरै रहेको पुष्टि भएको छ । सरकारले दिएको पछिल्लो जानकारी अनुसार देशभर ज्यान गुमाउनेको संख्या तीन हजार २ सय भन्दा धेरै पुगेको हो ।
उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर तथा उपत्यका बाहिरका जिल्लामा गरी अहिलेसम्म तीन हजार दुई सय १८ जनाको ज्यान गएको पुष्टि भएको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मिप्रसाद ढकालले जानकारी दिए ।
भूकम्पबाट काठमाडौंमा सबैभन्दा बढी ७२३ जनाको मृत्यु भएको छ । भक्तपुरमा २१९ र ललितपुरमा १३७ को मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।
त्यस्तै देशको पूर्वी क्षेत्रमा ३९, मध्यक्षेत्रमा ७१८, पश्चिमक्षेत्रमा १०९ र मध्यपश्चिम क्षेत्रमा २ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
यस्तै भूकम्प प्रभावित देशभरका विभिन्न ठाउँमा गरी अहिले ६ हजार ५ सय ३० भन्दा धेरै घाइते भएको गृहका प्रवक्ता ढकालले जानकारी दिए ।
शनिबार र आइतबार गएको ठूलो भूकम्प तथा त्यसपछि आएका भूकम्पको धक्काका कारण ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको छ । भूकम्प प्रभावित सबै क्षेत्रमा उद्धार तथा राहातको कामलाई तीव्रता दिएको सरकारले जनाएको छ ।
