महाभूकम्पमा मर्नेको संख्या २५ सयभन्दा बढी

Read Time:1 Minute, 13 Second

काठमाडौं, वैशाख १३ – शनिबार नेपालमा गएको शक्तिशाली भूकम्पमा परी मर्नेको संख्या २५ सयभन्दा बढी पुगेको छ ।

प्रहरी प्रधान कार्यालयले आइतबार साँझ साढे ६ बजे दिएको जानकारी अनुसार काठमाडौंमा ७७७, भक्तपुरमा २२४, ललितपुरमा १५१ को मृत्यु भएको छ ।

यसैगरी पूर्वाञ्चलमा ५०, मध्यमाञ्चलमा १०१७, पश्चिमाञ्चलमा २०९ र मध्यपश्चिममा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भूकम्पबाट विशेषगरी काठमाडौं उपत्यका, सिन्धुपाल्चोक, रसुवा, दोलखा, धादिङ, गोरखालगायतका जिल्ला प्रभावित छन् ।

महाभूकम्पमा देशका विभिन्न स्थानमा ५ हजार ९ जना घाइते रहेको प्रहरीले जनाएको छ । 

शनिबार नेपालका विभन्न स्थानलाई केन्द्र बनाई शक्तिशाली भूकम्प जाँदा ऐतिहासिक संरचनासहित ठूलो मानवीय र भौतिक क्षति भएकोहो कान्तिपुरले समचार छापेकोछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %