काठमाडौ, वैशाख १३ – आइतबार मध्यान्ह गएको भूइचालोको धक्कापछि विस्तारै धक्का कम हुँदै गएको छ ।
अमेरिकी भुगर्भ अनुसन्धान केन्द्र (युएसजिएस) का अनुसार नेपाली समय मध्यान्ह १२ बजेर ५६ मिनेटमा ६ दशमलव ७ रेक्टर स्केलको भूइँचालो गएको भूइचालोको धक्काहरु विस्तारै कम हुँदै गएको छ ।
कोदारीलाई मुख्य केन्द्रविन्दु बनाएर ६ दशमलव ७ रेक्टर स्केल मापन गरिएको सो भूइचालोपछि नेपालका विभिन्न ठाउँलाई केन्द्रविन्दु बनाएर ५ पटक धक्काहरु गएको थियो । तर ती सबै भूइचालोको धक्का भने कम हुँदै गएको युएसजिएसले उल्लेख गरेको छ । ६ दशमलव ७ रेक्टर स्केलको भूइचालो गएपछि कोदारीलाई नै केन्द्रविन्दु बनाएर क्रमश: ५ र ४ दशमलव ७ रेक्टर स्केलका दुईपटक भूइचालो गएको छ ।
त्यसपछि पनौती, नगरकोट र काठमाडौंलाई केन्द्रविन्दु बनाएर आएको भूकम्पको मापन क्रमश ४ दशमलव ६ र ४ दशमलव ५ रेक्टर स्केलको गरिएको थियो ।
