सगरमाथा हिमपहिरोमा परी १७ को मृत्यु

Read Time:1 Minute, 9 Second

राज्यसत्ता,

काठमाडौ, वैशाख १३ –सगरमाथा आधारशिविरमा हिजो परेको हिमपहिरोमा कन्तिमा १७ जनाको मृत्यु भएको छ । हिमपहिरोमा फसेकाहरुको आजबाट उद्दार सुरु गरिएको छ । उद्दारको लागि ६ हेलिकप्टर सगरमाथा आधारशिविर पुगेका छन् ।

पर्यटन विभागका महानिर्देशक तुलसीप्रसाद सिटौलाले हिमपहिरोमा परी कन्तिमा १७ जनाको मृत्यु भएको पुष्टि गर्दै मृतकको संख्या बढ्न सक्ने अनुमान गरे । आधारशिविर क्षेत्रको मौसममा अहिले केही सुधार आएको छ ।

हिजो नेपालको विभिन्न स्थानलाई केन्द्र बनाउदै गएको शक्तिशाली भूकम्पपछि आधारशिविर क्षेत्रमा हिमहिरो गएको थियो ।

अहिले सगरमाथा आरोहणको उपयुक्त मौसम हो । अघिल्लो बर्ष पनि हिमपहिरोमा परी १३ जना आरोहीको मृत्यु भएको कान्तिपुरले समचार अफ्डेट गरेकोछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %