महाभूकम्पमा मर्नेको संख्या २१५२ पुग्यो

Read Time:1 Minute, 20 Second

राज्यसत्ता,

काठमाडौं, वैशाख १३ – शनिबार नेपालमा गएको शक्तिशाली भूकम्पमा परी मर्नेको संख्या २ हजार १ सय ५२ पुगेको छ । प्रहरीले संकलन गरेको तथ्यांक अनुसार हालसम्म ५ हजार ४ सय ६१ जना घाइतेको देशभरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौंमा मात्रै ७ सय ३९ को मृत्यु भएको छ । भक्तपुर र ललितपुरमा मर्नेको संख्या २ सय १९ र १ सय ५७ छ ।

हालसम्म ५ सय ५४ जनाको शव परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।

पूर्वाञ्चल क्षेत्रमा भूकम्पका कारण ३९, मध्यक्षेत्रमा ८ सय ३१, पश्चिमाञ्चलमा १ सय ६७ र मध्यपश्चिममा २ जनाको ज्यान गएको छ ।

भूकम्पमा परी २ जना विदेशी र दुई प्रहरीको मृत्यु भएको छ ।

शनिबार नेपालका विभन्न स्थानलाई केन्द्र बनाई शक्तिशाली भूकम्प जाँदा ऐतिहासिक संरचनासहित ठूलो मानवीय र भौतिक क्षति भएकोहो कान्तिपुरले समचार अफ्डेट गरेकोछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %