रूद्र बहादुर श्रीस मगर
पोखरा, १३ वैशाख
नेकपा–माओवादी कास्कीले शनिबार आएको विनाशकारी भूकम्पमा परेका सर्वसाधारणहरूको उद्दार कार्यमा जुट्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ ।
कास्कीका सेक्रेटरी अर्जुन छन्त्यालले आइतबार बिहान विज्ञप्ति जारी गर्दै देशमा आइपरेको महा विपत्तिको दुःखद घडीमा धैर्यधारण गर्न र राहत तथा उद्दार कार्यमा जुट्न सबैलाई अपिल गरेको हो ।
विज्ञप्ति मार्फत् सेक्रेटरी छन्त्यालले भूकम्पमा परी ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन । सेक्रेटरी छन्त्यालले भूकम्प पीडित सर्वसाधारणलाई तत्काल राहत तथा उद्दारको व्यवस्था गर्न सरकारको विशेष ध्यानाकर्षण समेत गराएका छन ।
