प्रहरी भर्नामा मधेशीलाई फेरि पछाडि पार्ने षड्यन्त्र

Read Time:13 Minute, 47 Second

नेपाल प्रहरीमा हालै गरिएको भर्नामा व्यापक चलखेल र सोर्सफोर्स लागेको तथ्यहरू विभिन्न संचार माध्यमहरूबाट सार्वजनिक भएका छन् । प्रधानमन्त्रीदेखि सत्तारूद्ध दलका प्रभावशाली नेताहरूले भर्नामा आ–आफ्ना आसेपासे र कार्यकर्ताहरूलाई बढी महत्व दिएका छन् । मधेशका मात्रै  होइन पहाडका केही जिल्लाबाट प्रहरी भर्ना सन्तोषजनक छैन ।

दिनेश यादव, सहारा टाइम्स

मधेशका जिल्लामा प्रहरी भर्ना संख्या

तालिका नं १

१. कपिलवस्तु २८
२. पर्सा तथ्यांक उपलब्ध नभएको –
३. बर्दिया ९७
४. चितवन ९३
५. महोत्तरी २९
६. धनुषा २३
७. सिरहा २७
८. सप्तरी ५३
९. सुनसरी ९५

१०. झापा १४

११. सर्लाही ११२
१२. बारा १२७
१३. नवलपरासी १२६
१४. मोरंग १५२
१५. रौटहट १७८
१६. दाङ १७७
१७. कंचनपुर १७१
१८. कैलाली १३३
१९. रूपन्देही ११०
२०. बा“के १०२

कूल १,८४७

(स्रोत: प्रहरी प्रधान कार्यालय )

जिल्ला भर्ना संख्या प्रभावशाली नेता-कर्मचारीको गृहक्षेत्र

१. रौटहट १७८——– प्रधानमन्त्री माधवकुमार नेपालको गृह जिल्ला
२. दाङ १७७ ———-गृहसचिव गोविन्द कुसुमको गृह जिल्ला
३. कञ्चनपुर १७१—– पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको गृह  जिल्ला
४. मोरङ १५२——– उपप्रधानमन्त्री विजयकुमार गच्छदार, नेका नेता शेखर कोइरालाको गृह जिल्ला
५. बैतडी १४३ ——–गृहमन्त्री भीम रावलको क्षेत्र
६. बारा १२७ ———स्वास्थ्यमन्त्री उमाकान्त चौधरीको गृह जिल्ला
७. नवरपरासी १२६ —–तराई–मधेश लोकतान्त्रिक पार्टीका ह्रदयेश त्रिपाठीको गृह जिल्ला
८. अछाम ११२———– गृहमन्त्रीको गृह जिल्ला
९. सर्लाही ११२———- वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतो, उद्योगमन्त्री महेन्द्रराय यादव, पूर्वगृह
राज्यमन्त्री रिजबान अन्सारी र तमलोपा अध्यक्ष महन्थ ठाकुरको गृह जिल्ला
१०. रूपन्देही ११०——– एमाले सचिव विष्णु पौडेलको गृह जिल्ला
११. दाचर्लु ा १०७———- प्रहरी महानिरिक्षक रमेश चन्द ठकुरीको गृह जिल्ला
१२. गुल्मी १०५————– एमाले नेता प्रदीप ज्ञवालीको गृह जिल्ला
१३. बांके १०२————— नेपाली कांग्रेस सभापति सुशील कोइरालाको गृह जिल्ला

कूल १,७२२

(स्रोत ः प्रहरी प्रधान कार्यालय)

नेपाल प्रहरीमा हालै गरिएको भर्नामा व्यापक चलखेल र सोर्सफोर्स लागेको तथ्यहरू विभिन्न संचार माध्यमहरूबाट सार्वजनिक भएका छन् । प्रधानमन्त्रीदेखि सत्तारूद्ध दलका प्रभावशाली नेताहरूले भर्नामा आ–आफ्ना आसेपासे र कार्यकर्ताहरूलाई बढी महत्व दिएका छन् । मधेशका मात्रै होइन पहाडका केही जिल्लाबाट प्रहरी भर्ना सन्तोषजनक छैन । पहाडका नौ जिल्लामा प्रत्येकबाट १० जना भन्दा कमको भर्ना गरिएको छ । मधेशका पहाडी बहुल जिल्ला बाहेक अन्यमाजनसंख्याको अनुपातमा प्रहरीमा भर्ना लिइएको छ । एक्का–दुक्का मधेशी सभासद÷नेता बाहेक कसैले आफ्नो प्रभाव प्रहरी भर्नामा देखाउन सकेका छैनन् । सर्लाहीबाट दुई जना बहालबला मन्त्रीहरू राजेन्द्र महतो र महेन्द्र राय यादव , एक जना पूर्व गृह राज्यमन्त्री रिजबान अन्सारी र तमलोपा अध्यक्ष महन्थ ठाकुरको गृह जिल्ला भएर पनि ११२ जना मात्रै उतीर्ण हुन सफल भएका छन् । यसले के देखाउूद छ भने उनीहरूको प्रभाव गृह,प्रहरीलगायतका निकायमा छैन या उनीहरूको आबाज सुनिएन । एक्लो तमलोपा वरिष्ठ उपाध्यक्ष ह्रदयेश त्रिपाठील आफ्नो गृहजिल्ला नवरपरासीबाट १२६ जनालाई प्रहरीमा पार्न सफल भएको स्रोतको दाबी छ । मधेशका नौ जिल्लाहरू रौटहट,दाङ, कञ्चनपुर,मोरंग, बारा, नवलपरासी, सर्लाही, रूपन्देही र बाकेबाट यसपाली  सबैभन्दा बढी प्रहरीमा भर्ना भएका छन् । प्रधानमन्त्री माधव नेपालको गृह जिल्ला रौटहटबाट सबैभन्दा बढी १७८ जना प्रहरीमा भर्ना भएका छन् ।
त्यसपछि गृह सचिव गोविन्द कुसुमको गृहजिल्ला दांगबाट १७७ जना , पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला कञ्चनपुरबाट १७१, उपप्रधानमन्त्री विजयकुमार गच्छदार र

नेपाली कागंसे्रका नेता शेखर  कोइरालाको गृह जिल्ला मोरंगबाट १५२, स्वास्थ्यमन्त्री उमाकान्त  चौधरीको गृह जिल्ला जिल्ला बाराबाट १२७, एमाले सचिव विष्णु पौडेलको गृहजिल्ला रूपन्देहीबाट ११० र नेका सभापति शुशिल कोइरालाको गृह जिल्ला बांकेबाट १०२ जना भर्ना भएका छन् । कूल चार हजार एक सय ७० जनालाई भर्ना गरिएकोमा दलका प्रभावशाली नेता र कर्मचारीकै गृह जिल्लाहरूमा मात्रै एक हजार सात सय २२ (४१ दशलमव २९ प्रतिशत) उत्तीर्ण भएका छन् ।  (तालिका  हेर्नुस)

त्यस्तै पहाड र मधेशका जिल्लाको छुट्टाछुट्टै विश्लेषण गर्दा जनसंख्या मधेशको बढी भएपनि उर्तीण संख्या पहाडकै बढी छ । पहाडका जिल्लाबाट उत्तीर्ण हुनेहरूको संख्या दुई हजार १३
जना (४८ दशमलव २७ प्रतिशत) छन् । मधेशका २० जिल्लाबाट प्रहरीमा भर्ना भएकाहरूको संख्या एक हजार आठ सय ४७ (४४ दशमलव २९ प्रतिशत) रहेको छ ।
राज्यका सबै निकायमा जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्व गराउूने अन्तरिम संविधानमा व्यवस्था भएपनि मधेशी समुदायसंग प्रहरी भर्नामा त्यसो गरिएको छैन । भर्ना भएकाहरूको थरसहितको सूची हेर्दा जातिय रूपमा सन्तुलन कायम गरिएको छैन, जनसंख्या आधारमा । उमेदवार मध्ये अधिकाँश अनुत्तिर्ण भएकाहरुमा मधेसीहरु बढी परेकाछन् । उत्तीर्ण भएकाहरु उमेदवारहरुमा पनि मधेसका जिल्लाबाट बढी पहाडेहरु नै परेकाछन् ।

१.मनाङ, डोल्पा, म्याग्दी,हुम्ला, मुगु, ताप्लेजुङ,कास्की, भक्तपुर र धनकुटा (कूल नौ जिल्लामा) ४३

२. इलाम ३१
३. भोजपुर २६
४. संखुवासभा २७
५. तेह्रथुम २०
६. खोटाङ ४०
७. आखे लढगुं ा ६५
८. सोलुखुम्बु २१
९. उदयपुर ८०
१०. दोलखा ४५
११. रामेछाप ४५
१२. सिन्धुली ३२
१३. धादिङ ६७
१४. काठमाडांै १४
१५. काभे्र ३३
१६. ललितपुर ११
१७. नुवाकोट ४०
१८. सिन्धुपाल्चोक ४३
१९. गोरखा ६९
२०. लमजुङ २५
२१. स्याङ्जा ६५
२२. अर्घाखा“ची ५७
२३. पाल्पा ७८
२४. बाग्लुङ २९
२५. पर्वत ९८
२६. प्यूठान ४६
२७. रोल्पा १९
२८. रूकुम २८
२९. जुम्ला १५
३०. दैलेख ५०
३१. जाजरकोट २५
३२. सखु र्ते ४५
३३. बझाङ ४४
३४. बाजुरा २७
३५. डोटी ९५
३६. डडेलधुरा ४८
३७. अछाम ११२
३८. दाचर्लु ा १०७
३९. गुल्मी १०५
४०. बैतडी १४३

कूल २,०१३

(स्रोत ः प्रहरी प्रधान कार्यालय )

मुस्ताङबाट एक जनापनि समावेश छैनन् । पछिल्लो पटक प्रहरी भर्नामा भएको अनियमिताका कुरा गर्दा रकमको चलखेल समेत भएको छापा माध्यमहरूमा आएका थिए । भनसुन र चाकडी तथा दलगत सिफारिस त छूदै थियो । न्युन अंक ल्याउनेलाई समेत उत्तीर्ण गराइएको रिपोर्ट एक दैनिकले सार्वजनिकै गरिसकेको छ ।
त्यसको खण्डन आजसम्म कतैबाट नहुनुले अनियमितताको पुष्टि गर्छ । एक रिपोर्ट अनुसार लिखितमा ६ अंक ल्याउनेलाई ६० बनाई उत्तीर्ण गराईको छ । ५२ हजार आवेदनमध्ये ४५ हजारका लागि विभिन्न व्यक्ति, नेता, कर्मचारीलगायतबाट दबाब रहेको कुरा प्रहरीका एक उच्च अधिकारीले सहारा टाइम्ससंग स्वीकारेका छन् । यता भर्नामा प्रहरीभित्रैकै अधिकृत र जवानका सदस्यहरू मात्रै नभएर अमर प्रहरीका छोराछोले समेत अवसर नपाएको ठूलो गुनासो छ । प्रभावशाली नेताहरूको सूची दैनिक तालिम केन्द्रमा पठाउन थालेपछि मुख्यालयमा विभागको जिम्मेवारी समालेका एआईजी र डीआईजीहरूले समेत भर्नाका लागि कोटा माग गरेका थिए । तर त्यो अन्तिम समयसम्म सम्भव भएन । कुल ४ हजार १ सय ७० जना उत्तीर्ण भएकामध्ये विराटनगरबाट ७ सय ७०, भरतपुरबाट १२ सय ५०, बुटवलबाट ७ सय, नेपालगन्जबाट ७ सय ५० र दिपायलबाट ७ सय जना भर्ना लिइएको छ । प्रहरीले जवानमा ३ हजार ८ सय र परिचरका लागि २ सय २३ सिटमा पदपूर्तिका लागि आह्वान गरेको थियो ।  

बढी राजनीतिक हस्तक्षेप भएका तालिम केन्द्रहरूमा क्रमशः भरतपुर,विराटनगर, नेपालगन्ज र दिपायल छन् । प्रहरी भर्नाको जिम्मेवार पाएकाहरूमा पूर्वाञ्चलमा सन्जयसिंह  वस्नेत,मध्यक्षेत्रमा बलराम पौडेल, बुटवलमा ठूले राई, नेपालगन्जमा सुरेश केसी र दिपायलमा नारायणसिंह खडका थिए । गृह मन्त्रालयबाट गएका टोलीले विराटनगरमा ६ नम्बर पाएको उम्मेदवारलाई ६० नम्बर दिएर पास गरेको प्रमाण फेला पारेको थियो । अनियमितताको यकिन सूचना पाएपछि गृह मन्त्रालयले पूर्वाञ्चलमा उपसचिवको नेतृत्वमा अनुसन्धान टोली पठाएको थियो भने अख्तियारमा परेको उजुरीका आधारमा दिपायल तालिम केन्द्रको फायल खिचेर अनुसन्धान गर्नुपर्ने स्थिति आएको थियो । तर ती दुवै अनुसन्धान औपचारिकतामा मात्रै सीमित रह्यो । सबैभन्दा बढी अनियमितताको पूर्वसूचना

पाएर साधे पछु का लागि काठमाडौ तानिएका भरतपुरका समादेशक बलराम शर्मा पौडेललाई प्रधानमन्त्री नेपालले हस्तक्षेप गरी तत्काल पुनः फिर्ता पठाएका थिए । एसपी पौडेल प्रधानमन्त्री नेपालको साढुभाइ हुन् । उनी अन्य अधिकृतभन्दा निकै समयदेखि भरतपुर तालिम केन्द्रमा कार्यरत छन् । प्रहरी महानीरिक्षक रमेश चन्दले भर्नामा ठूलो चलखेलको सूचना पाएलगत्तै गृहमन्त्रीलाई जानकारी गराएर स्पटीकरणका लागि उनलाई काठमाडौमा बोलाएका थिए । प्रत्येक तालिम केन्द्रमा भर्नाका क्रममा अनियमितता हुन थालेको सूचना सार्वजनिक भएपछि देशका पाँचै  क्षेत्रमा डीएसपीको कमान्डमा अनुसन्धान टोली पठाएको थियो । तर त्यसमा खटिनेलाई कुनै जिम्मेवारी र भूमिका नदिएर उनीहरूको गुनासोसमेत प्रहरी मुख्यालयले नसुनेको स्रोतले बतायो ।

परीक्षाको परिणाम–२०६७ उम्मेदबारमध्ये अधिकांश अनुत्तीर्ण भएकाहरूमा मधेशीहरू बढी परेका छन् । उत्तीर्ण भएका  उम्मेदबारहरूमा पनि मधेशका जिल्लाबाट बढी पहाडेहरू नै
परेका छन् । यो तथ्यांकले यही देखाउँछ भने नामका लागि मात्रै प्रहरीमा मधेशीको समावेशीकरणको नारा दिइएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %