भुकम्पले स्याङ्जामा १३७ घर पूर्ण, १८० घरमा आशिंक, ८ प्रहरी चौकीहरु, १० सरकारी कार्यालयहरुमा क्षति, जिल्लाका प्रमुखहरु निरिक्षणमा ।
विनोद रखाली मगर
स्याङ्जा, वैशाख १३-शनिबार आएको विनाशकारी भूकम्पमा परी १ हजार ३ सय ८२ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।
४४८२ घाइते भएका छन् । विनाशकारी भूकम्पको केन्द्र मानिएको गोरखाको बार्पाकमा झण्डै ८० प्रतिशत घरहरु भत्किएको पाइएको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जनाएको छ ।
आइतबार विहानैबाट उद्दार फेरि सुरु भएको छ । तर, विहानै पनि दुई पटक भूकम्पको धक्का महसुस भएको छ । यसले सर्वसाधारण त्रसित भएका छन् । पछिल्लो जानकारी अनुसार भुकम्पले स्याङ्जा जिल्लामा १३७ घर पूर्ण क्षति गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीषक इन्द्र सुवेदीको भनाई छ । सुवेदीका अनुशार १८० घरमा आशिंक क्षति, जिल्ला स्थीतका ८ प्रहरी चौकीहरु, १० सरकारी कार्यालयहरुमा क्षति पुगेको छ ।
४ महिलाहरु घाइते भएका थिए,उनीहरुको उपचार पश्चात अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयको भनाई छ । यता वडा प्रहरी कार्यालय वालिङ्का प्रहरी निरिक्षक विजयराज पण्डितका अनुसार वालिङ, गल्याङ, चापाकोट लगाएत ग्रामिण भेगमा झण्डै १०० को हाराहारीमा घरहरु पूर्ण रुपमा क्षति भएको जनाएका छन् । अहिले सम्म सम्पूर्ण तथ्य वाहिर आउन नसकेको पण्डितको भनाई छ । स्याङ्जामा क्षति विवरण सङ्कलन कार्य तिव्र रुपमा अगाडि वढेको छ ।
प्रमुख जिल्ला अधिकारी इनदु घिमिरे, स्थानिय विकाश अधिकारी पुण्य विक्रम पौडेल, प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक केदार रजौरे, प्रहरी निरिक्षक इन्द्र घिमिरे, प्रहरी निरिक्षक विजयराज पण्डित लगाएतको टोली जिल्लाका विभिन्न स्थानमा क्षति विवरण सङ्कलनको लागी स्याङ्जा सदरमुकाम देखि लागेको वताइएको छ ।
