४८ घण्टाभित्र नेपालमा अर्को ठूलो भुकम्पको धक्का जान सक्ने चेतावनी

Read Time:1 Minute, 46 Second

राज्यसत्ता,

नेपालमा २ हजार भन्दा धेरैको ज्यान जानेगरी भएको महाभुकम्पको ४८ घण्टाभित्र अर्को ठूलो धक्का जान सक्ने वल्र्ड अर्थक्वेकले अनुमान गरेको छ ।

अमेरिकाको सानफ्रान्सिस्को क्यालिफोर्नियामा प्रधान कार्यालय रहेको भुकम्पको अनुमान गर्ने यो संस्थाले आगामी ४८ घण्टाभित्र नेपालमा अर्को ठूलो भुकम्पको धक्का जानसक्ने अनुमान गरेको छ । विश्वभरको भुकम्पको पूर्वानुमान गर्ने यो संस्थाले गरेका अधिकांश पूर्वानुमानहरु मिल्ने गरका छन् । जापानमा महाभुकम्प जानुभन्दा ठीक एकवर्ष अगाडि सन् २०१० को मार्चमा स्थापित यो संस्थाले गणीयत र भौगर्विक रुपमा हिसाब गरेर भुकम्पको पूर्वानुमान गर्दै आएको छ ।


अहिले पनि नेपालमा भुकम्पका धक्काहरु महसुस भइरहेका छन् । नेपाली समय अनुशार बेलुकी ८ बजे ४ दशमलव ६ म्याग्निच्युटको भुकम्प गएको छ भने त्यसभन्दा अगाडि बेलुकी साढे ६ बजेतिर ५ दशमलव २ म्याग्निच्युटको भुकम्प गएको थियो । दिउसो ४ बजेपछिका आधा घण्टाको अवधिमा लगातार चार म्याग्निच्युट भन्दा बढीका भुकम्प गएका थिए ।

सुरुको भुकम्पले कमजोर भएका संरचना ढल्न सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %