राहत संकलनको लागि आदिबासी जनजाति महिला महासंघ बेलायतको अपिल

Read Time:2 Minute, 37 Second

कमला थापा 

  बेलायत,  यहि २५ अप्रिल शनिवार नेपालका बिभिन्न भागमा ७.९ रेक्टर स्केलको महाभुकम्प गएको छ ।

केन्द्रको मापन अनुसार शनिबार ११:५६ मा गोर्खालाई केन्द्रविन्दु बनाएर ७.६ रेक्टरको भूकम्प गएको र त्यसपछि लगातार गोर्खा, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको थियो । आएको बिनासकारी भूकप्बाट पिडीत नेपाली दाजुभाईको सहयोगका लागि नेपाल आदिबासी जनजाति महिला महासंघ बेलायतले सहयोग संकलन अभियान चलाउने भएको छ । महासंघको शनिवार नै बसेको आकस्मिक टेलिफोन कन्फ्रेन्स बैठकले नेपालमाथि आइलागेको यो बिपत्तिमा आर्थिक संकलन गरी राहत तथा उद्दार प्रकृयामा आपतकालिन सहयोग गर्ने निर्णय गरेको छ ।

आदरणिय सम्पुर्ण महानुभावहरु हाम्रो देश र जनताले ईतिहासकै ठुलो प्राकृतिक प्रकोप ब्यहोर्नु परेको छ । देशले अकल्पनिय क्षेति ब्योहोरेका छ । त्यसैले नेपालीहरुको यो दर्दानाक अबस्थामा सहयोगी हातहरुको खाचो छ । अहिलेको तपाई हाम्रो सानो सहयोगले ठुलो महत्व राख्दछ । तसर्थ गच्छे अनुसार उक्त आर्थिक सहयोगको लागि नेपाल आदिबासी जनजाति महिला महासंघ बेलायत हार्दिक अपिल गर्दछ ।

सेवा नै धर्म हो तपाई र हाम्रो सानो सहयोगले आपतमा परेको हाम्रो देश र जनताको भलो हुने छ । ईच्चुक महानुभावहरुले तलको खाता नम्बरमा ट्न्सफर गरी रिफेरन्समा भुकम्प पिडित लेख्नु हुन पनि हार्दिक अनुरोध गर्दछु । साथै तलको फोन नम्बरमा सम्पर्क , रकम र नाम खुलाउन सक्नु हुनेछ ।
 

खाता नम्बर
BR Somyahang
 S C 30-93-92
 AC 16770968
सम्पर्क नम्बर
 कमला थापा :- ०७४४६३३७५६३
 बिमला राई   :- ०७७२७८९९७९५
 बिमला सेने   :- ०७७५४९५२२५५
 भावना परिष्कृत सुनुवार:-०७७२३४४८९२९
 बसु याख्या राई :- ०७५३३२६६१०७

कमला थापा
 अध्यक्ष
 नेपाल आदिबासी जनजाति महिला महासंघ,बेलायत ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %