माया घले मगर
इजरायल, २५ अप्रिल – नेपाल मगर समाज इजरायलको प्रमुख सल्लाहकार केशव रानामगर र संस्थाकी उपाध्यक्ष विष्णु पुन मगरको पहलमा संकलित रकम भिन्दाभन्दै तीन किसिमका रोगहरूवाट पिडितहरू वशन्त मगर ,समिर मगर र श्याम मगरलाई हस्तान्तरण गरिएको छ ।
दाङ हासिपुर ८ का एकै परिवारका दुई दाजुभाईमध्ये दाजु ३ वर्षिय वशन्त मगर जिव्रो सुन्निएर वाहिर निस्किएको कारण उपचारको लागि काठमाण्डौको ग्राण्डी अस्पतालमा छट्पटाईरहेका छन् भने भाई २ वर्षका समिर मगरको मुटुको भल्वमा ४ वटा प्वाल परेको कारण उपचारकै क्रममा सोही हस्पिटलमा रहेका छन् ।
इजरायलवाट संकलित रकम एकै परिवारका यी दुई दाजुभाईको सहयोगार्थ रू ५०॰०००(पचास हजार) र दुवै मृगौला फेल (ड्यामेज) भएर काठमाण्डौको विर अस्पतालमा डाईलोसिस गराईरहेका धनुषा यज्ञवुमी ४ का २९ वर्षिय श्याम मगरलाई रू १॰००॰०००(एक लाख) हस्तान्तरण गरिएको छ । मृगौला प्रत्यारोपणको निम्ती पिडित मगरको श्रीमतीले श्रीमानको ज्यान वचाउनको निम्ती एक मृगौला दिन तयार भएकी छिन् ।
आदिबासि जनजाती युवा महासँघको उपाध्यक्ष जुनु पुन मगरले तीनै जना विरामीहरूलाई हस्पिटलमा गएर भेटघाट गरी पिडित तथा पिडितका आफन्तहरूलाई रकम हस्तान्तरण गरेकी हुन । सामाजिक संजाल फेसवुकमार्फत पिडामा छट्पटाईरहेका दाङका दुई दाजुभाई र मृगौला पिडित श्याम मगरको तस्विर सार्वजनिक गर्दै सहयोगको लागि अपिल गरिएको थियो ।
त्यसैगरी एसिड पिडित संगिता मगरलाई दिने भनिएको सहयोग विविध कारणवश उपलव्ध गराउन नसकेको र अन्य पिडितहरूलाई नै हस्तान्तरण गरिसकिएको नेपाल मगर समाजकी उपाध्यक्ष विष्णु पुन मगरले नेपाल इजरायल डटनेटलाई जानकारी गराएका छन ।
इजरायलमा रहेका दुई अभियानकर्ताहरूको हातमा परेको रकमको मात्र हिसाव गरेर पिडितहरूसमक्ष पुर्याएको र सहयोगको लागि नाम टिपाउनेहरूद्वारा पुन रकम उपलव्ध भएमा यथासक्य सम्वन्धित पिडितहरूसम्म पुर्याउने जनाईएको छ । देश तथा विदेशमा रहेका सहयोगी मनहरूद्वारा उनीहरूको उपचारार्थ सहयोग रकम संकलन भईरहेको छ ।