ढुंङ्गोले लाग्दा एक जनाको मृत्यु ३ जना घाईते-फोटो फिचर

Read Time:1 Minute, 50 Second

देब पचभैया

  पाल्पा, बैशाख ११ – पाल्पाको मदनपोखरा तल्लो डुम्रे निरको गौडेपुल अगाडि गुडिरहेको मोटरसाईकललाई माथि बाट खसेको ढुंङ्गोले लाग्दा आज दिउसो दुई बजे तिर एक जनाको घटनास्थलमै ज्यान गएको छ । ३ जना घाईते भएका छन् ।

दुर्घटनामा मदनपोखरा १ डाडाडुमका ४० बर्षिय अम्रित श्रेष्ठको ज्यान गएको हो । उनले मोटरसाईकल चलाएका थिए । उनको पछाडी बसेकी मुर्गिया रुपन्देहीकी २४ बर्षिया अन्जु सारु घाईते भएकी छिन् ।

  सिद्धार्थ राजमार्ग अन्र्तगत बुटवल पाल्पामा पर्ने गौडेपुल निर एक्कासी माथि बाट खसेको धुले पहिरो संगको  ढुंङ्गोले पाल्पा बाट बुटवल जादै गरेको  लु २० प ४३ ९२ नम्बरको मोटरसाईकल र चालकलाई लाग्दा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ । मृतकको टाउको र खुट्टामा लागेको थियो ।

  सोही मोटरसाईकल  पछाडी मोटरसाईकलमै रहेका दुई ईटालियन नागरिक पनि घाईते भएका छन् । आफ्नै अगाडी पहिरोले मोटरसाईकल र मान्छे च्यापिएको देखेपछि उनीहरु आत्तिएको बताएका छन् । गुडिरहेको मोटरसाईकल छोडेर सडकमै उछिट्टीएका उनीहरुको मोटरसाईकल भने सडक देखि ५० मिटर तल डुम्रे खोलामा खसेको थियो ।

सामान्य घाईते भएका उनीहरु लुम्बिनि मेडिकल कलेज प्रभासमा उपचार पछि  फर्किएका छन् ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %