७ औं लोकतन्त्र दिवस रुपन्देही

Read Time:4 Minute, 46 Second

गोविन्द घर्ती

रुपन्देही वैशाख ११ । ७ औं लोकतन्त्र दिवस, देशभर बिभिन्न कार्यक्रम गरी मनाईएको छ । २०६२ चैत्र २४ गते देखि शुरु भई २०६३ सालको बैषाख ११ गते जनआन्दोलन सफल भएको दिनलाई नेपालमा लोकतन्त्र दिवस मनाउदै आएको छ । १० बर्षे शसत्र संघर्ष गरेका तत्कालिन नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने आधारका रुपमा पनि लोकतन्त्र दिवसलाई लिने गरिन्छ । राजनैतिक दलहरु भाषणमा मात्र लोकतन्त्रको वकालत गर्ने तर व्यवहारमा कार्यान्वयन गर्न सकेको छैन । लोकतन्त्र आएको ७ बर्ष पुगीसक्दा पनि यसलाई संस्थागत गर्न राजनैतिक दलहरु गंभिर नदेखिएको र राजनैतिक दलहका नेताहरु सत्तामोहमा लागेका कारण लोकतन्त्र संस्थागत हुन नसकेको आमनागरिकहरुको गुनासो रहेको छ ।
राजनैतिक दलका नेताहरु ईमान्दार नभएका कारण लोकतन्त्रलाई संस्थागत गर्न नसकिएको राष्ट्रिय जनमुक्ति पार्टीका संघीय परिषद सदस्य दलबहादुर विरकट्टाले बताए । राजनैतिक दलका नेताहरु सत्तालिप्सामा लागेका कारण नेपाली जनताले चाहेको लोकतन्त्रलाई संस्थागत गर्न नसकिएको विरकट्टाको भनाई रहेको छ । दलका नेताहरु ईमान्दार र एक आपसमा विश्वासको वातावरण बनाउन सक्ने हो भने लोकतन्त्रलाई संस्थागत गर्न सकिने विरकट्टाको भनाई रहेको छ । राजनैतिक पार्टीहरु सत्ताको खिचातानी मै समय विताएका कारण लोकतन्त्र संस्थागत हुन नसकेको नेकपा एमाले रुपन्देहीका सचिवालय सदस्य धुव्रप्रसाद खरेलको भनाई रहेको छ । राजनैतिक दलहरु पार्टीगत स्वार्थमा लागेका कारण लोकतन्त्र संस्थागत हुन नसकेको खरेल बताउछन । देशको संक्रमणकाललाई अन्त्य गरी लोकतान्त्रिक संविधान निर्माण गरेमात्र लोकतन्त्र संस्थागत हुन सक्ने खरेलको भनाई रहेको छ ।
संघीयता, समावेशी, समानुपातिक निर्माण हुन सक्दा लोकतन्त्र संस्थागत हुन नसकेको एकिकृत नेकपा माओवादी रुपन्देहीका जिल्ला सदस्य एवं देवदह ईन्चार्ज कृष्ण ढकालको भनाई रहेको छ । राजनैतिक दलहरु वीच संघीय संविधानको लागि सहमति नभएका कारण जनआन्दोलनबाट प्राप्त लोकतन्त्र संस्थागत हुन नसकेको ढकालको भनाई रहेको छ । पहिचान सहीतको संघीय लोकतान्त्रिक, पूर्ण समानुपातिक निर्वाचन प्राणली सहीतको जनसंविधान जारी नहुदा सम्म लोकतन्त्र संस्थागत हुन नसक्ने ढकालको भनाई रहेको छ । लोकतन्त्र स्थापना भएको ७ बर्ष पुग्दा समेत लोकतन्त्र संस्थागत हुन नसकेको नेपाली काग्रेंसका क्षेत्रीय सचिव वासुदेव रिमालको भनाई रहेको छ । लोकतन्त्र स्थापना पश्चात भएको संविधान सभाको पहिलो र दोश्रो संविधानसभाको निर्वाचनबाट पनि राजनैतिक दलहरुले नेपाली जनताको संविधान दिन नसकेकोले लोकतन्त्रलाई संस्थागत गर्न नसकिएको सचिव रिमालको भनाई रहेको छ ।
नेपाली जनताको चाहना अनुसार लोकतान्त्रिक संविधान दिन सकेमात्र लोकतन्त्र संस्थागत हुन सक्ने रिमालले बताए । राजनैतिक दलहरु वीच निर्धारित समयमा संविधान दिन राजनैतिक दलहरु प्रतिवद्ध भएर लाग्नु पर्नेमा सचिव रिमालको जोड रहेको छ । लोकतन्त्रलाई संस्थागत गर्न राजनैतिक दल, नागरिक समाज, आम नेपालीहरु गंभिर भएर लाग्नु पर्ने देखिन्छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %