माया घले मगर
इजरायल, २४ अप्रिल – नेपाल आदिवासी जनजाती महासंघ,इजरायल द्वारा आयोजित “ऐतिहासिक द्धितीय वार्षिकोत्सव कार्यक्रम आगामी १५ मे २०१५ मा हुनगैरहेको छ ।
उक्त कार्यक्रममा आ-आफ्नो जातीय पहिचानको भेषभुषामा उपस्थित हुनको लागि महासंघमा आवाद्ध जातिय संस्थाका दाजुभाइ तथा दिदीबहिनीहरु एवम इजरायलवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु सबैलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरेकोछ ।
कार्यक्रम:- ऐतिहासिक द्धितीय वार्षिकोत्सव कार्यक्रम – २०१५
मिति :- १५ मे २०१५ (सुक्रबार)
समय:- साँझ ७ :३० बजे
स्थान:- लेवेस्न्की स्ट्रिट ९९ (न्यु विल्डीङको ८ औं तल्लामा रहेको हलमा)
प्रवेश :- निशुल्क प्रबेस
आयोजक : (नेपाल आदिबासी महासंघ, इजरायल)