बिनोद रखालि मगर(लक्ष्मी टेलिभिजन)
गल्याङ् , १० वैशाख – ३ दिने उद्धघोषण तथा नेतृत्व विकाश तालिम स्याङ्जाको जगत्रदेवि – ६, गराङ्दीमा सुरु भएको छ ।
स्थानिय जनप्रेमी सगरमाथा युवा क्लवको आयोजनामा सन्चालित उक्त तालिममा विभिन्न सन्चार माध्यममा लामो समयदेखि कार्यरत युवा सन्चारकर्मी, लक्ष्मी टेलिभिजनका समचार प्रमुख विनोद रखाली मगर, मगर भाषाका साहित्यकार विष्णु कुमार सिङ्जाली मगर , सन्चारकर्मी जि.वी राना मगर लगाएतले गर्ने भएका छन् ।
वोमभन्ज्याङ् प्रा.वि मा सन्चालन गरीएको तालिममा वडा नागरीक मन्चका सयोंजक आसवहादुर राना मगर , समाजसेवि क्या. खिम वहादुर राना मगर , समाजसेवि सु. यौवहादुर राना मगर , प्रमुख प्रशिक्षक विनोद रखाली मगर , प्रशिक्षक विष्णुकुमार सिङ्जाली मगर लगाएतले वोलेका थिए ।
तालिममा स्थानीय क्लव , आमा समुह , लगाएतको प्रतिनिधित्व हुने गरी करीव ६० जनाको सहभागिता रहेको छ । नेतृत्व विकाश तथा वोल्ने कला तालिम वैशाख १२ गते सकिने आयोजकले जनाएको छ ।
