भुकम्पिय सुरक्षा बिषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न

Read Time:3 Minute, 21 Second

देब पचभैया

पाल्पा, बैशाख ८ – भुकम्प प्रबिधि राष्ट्रिय समाज नेपाल (ल्क्भ्त्) को प्राबिधिक सहयोग र पाल्पा उधोग बाणिज्य संघको आयोजनामा पाल्पामा भुकम्पिय सुरक्षा बिषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
 
  पाल्पा उधोग बाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा भुकम्प प्रबिधि राष्ट्रिय समाज  नेपालका पब्लिक प्राईबेट पाटनरसिप स्पेसलिष्टहरु कल्याण बिष्ट र अमित श्रेष्ठले भुकम्पीय सुरक्षाको बारेमा जानकारी दिए ।

उधोगी , पत्रकार, निर्माण ब्यवशायी, सरकारी अधिकारी संगै नागरिक समाजका प्रतिनिधि लगाएतको सहभागीता रहेको सो कार्यक्रममा भुकम्पको बारेमा जानकारी, भुकम्प आउने पहिले र पछि अपनाउनुपर्ने सावधानी लगाएतका  बारेमा छलफल भएको थियो ।
 
  पुरानो नगरपालीकाको रुपमा परिचित तानसेन नगरपालीका पनि भुकम्पीय सुरक्षाको हिशाबले अत्यन्तै जोखिम रहे पनि जिल्ला बासीहरु यस बिषयमा चनाखो नभएको बताएकाछन् । उनीहरुले एन् सेटको सहयोगमा पाल्पाको श्रीनगर एफ,एम बाट प्रशारित  भुकम्पिय सुरक्षा नामक रेडियो कार्यक्रमले जनतालाई सुसुचित बनाउदै सम्बन्धित निकायलाई खबरदारी गर्न निकै सहयोग पुगेको बताएका थिए ।
 
अन्र्तक्रिया कार्यक्रममा तानसेन नगरपालीकाका निमित्त प्रमुख बिष्णु पौडेल र शहरी बिकास तथा भवन निर्माण डिभिजन कार्यालय पाल्पाका ईन्जिनियर हरी भक्त श्रेष्ठले भुकम्पिय सुरक्षाको बिषयमा आफुहरु गंभिर भएपनि ब्यवहारिक समस्याले गर्दा पाल्पा पनि जोखिम बाट मुक्त हुन नसकेको बताएका छन् ।
 
  कानुन निर्माण गरी ब्यवहारिक कार्यान्वायनको लागी स्थानिय समुदायको चेतना पहिलो आवश्यकता  भएको भन्दै उनीहरुले  भवन निर्माण आचार संहिता कार्यान्वायन गर्न आफुहरु प्रतिबद्ध भएको जानकारी गराए ।
 
पाल्पा उधोग बाणिज्य संघका अध्यक्ष राजु मर्हजन, महासचिब भिम सेन कार्की, भवन तथा बाटो निर्माणकर्मी संघका अध्यक्ष सुरेश कर्माचार्य लगाएतका बक्ताहरुले भुकम्प लगाएत प्रकोप जोखिमको न्युनिकरणको लागी आफुहरु एन् सेट संगको सहकार्यमा काम गर्न सधै तयार रहेको भन्दै निरन्तर सहयोग गर्न  आग्रह गरेका छन् ।

श्रीनगर एफ,एम पाल्पाका स्टेशन म्यानेजर देब पचभैयाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %