देब पचभैया
पाल्पा, बैशाख ८ – उधमसिलताको बिकास गरी आत्म निर्भर समाजको बृद्धि गर्न भन्दै पाल्पामा नयाँ सहकारीको शुरुवाट भएको छ ।
आज बिहान एक कार्यक्रमको आयोजना गरी मुक्तिनाथ कृषि बहुउद्धेश्सिय सहकारी सस्थाको शुरु वाट भएको हो । तानसेनको भगवती टोलमा रहेको सहकारीको कार्यालयमा भएको उद्घाटन समारोहमा बोल्ने बक्ताहरुले मुक्तिनाथ कृषि बहुउद्धेश्सिय सहकारी सस्थाको प्रगतीको कामना गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि डिभिजन सहकारी कार्यालय पाल्पाका प्रमुख पुस्कर भट्राईले सबै सहकारीको संबिधान बिनिमावली भएकाले त्यसलाई राम्ररी अध्ययन गरेर मात्रै सहकारी चलाउन सबैसंग आग्रह गरे ।
सहकारीको बिकासले समग्र नया नेपाल निर्माणको लागी उल्लेखनिय योगदान पुर्याएको भन्दै उहाले सहकारी भित्र देखिएका बिभिन्न समस्या समाधानको लागी पनि मिलेर अघि बढ्नु पर्नेमा जोड दिएका थिए ।
पुर्बी पाल्पाका केही गाबिस बाहेक समग्र जिल्ला भरी काम गर्ने अनुमति साथ आज बाट शुरु भएको मुक्तिनाथ बहुउद्धेश्सिय सहकारी सस्थाले कृषि संगै बनजन्य, पर्यटन, सेवा ब्यवशाय तथा बचत तथा रिनको पनि कारोबार गर्ने सहकारीका अध्यक्ष भुषणराज लवटले जानकारी दिए ।
उधोग ब्यवशायी संगै बिभिन्न क्षेत्रमा कार्यरत पाल्पा जिल्ला भरीका ७२ जनाको शेयर लगानीमा गत बर्ष स्थापना भई आज बाट शुभारम्भ भएको यस सहकारीलाई पाल्पामा रहेका सबै सहकारीहरुले शुभकामना दिएका छन् ।
सहकारीका अध्यक्ष भुषणराज लवटको सभापतित्वमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा उपाध्यक्ष मोहन श्रेष्ठले पाहुनाहरुको स्वागत गरेका थिए भने सहकारीका सचिब देब पचभैयाले कार्यक्रमको संचालन गरेका थिए ।
