​पिडीखोलालाई पिडाबाट मुक्त गराउने छु ,पूर्व सभासद पाण्डे

Read Time:2 Minute, 40 Second

बिनोद रखाली मगर

नयाँ वर्ष २०७२ सालको उपलक्ष्यमा नेपाली काङ्गेस पिडीखोला गाविसको आयोजनामा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

  कार्यक्रममा वोल्दै सविंधान सभाका पूर्व सभाषद् मोहन प्रसाद पाण्डेले पछिल्लो निर्वाचनमा साथ दिने पिडीखोला वासीलाई धन्यवाद दिए । पाण्डेले आफुले पराजय भोगे पनि स्याङ्जा क्षेत्र न.३  का जनतासामु नजिक रहेको वताउदै विकाश निमार्णको क्षेत्रमा आफ्नो ध्यान केन्द्रित रहेको वताए ।

पछिल्लो निर्वाचनमा पिडीखोला वासीको महत्वपूर्ण साथ रहेको वताउदै पाण्डेले नेपाली कङ्गे्रसको नेतृत्वमा सविंधान जारी हुनेमा ढुक्क रहन आग्रह गरे ।

शुभकामना तथा कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाली काङ्ग्रेस क्षेत्र न. ३ का सभापति देव वहादुर खाँड इश्वर , महासमिति सदस्य , वावुराम पोखरेल , नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य गुरु भट्टराई , महाधिवेशन प्रतिनिधि खगिसरा भण्डारी , भू.पू.सैनिक संघ क्षेत्र न. ३ का अध्यक्ष सु.चन्द्र वहादु्र रखाली मगर , नेपाली काङ्ग्रेस जगत्रदेवि पार्टी सभापति श्याम वस्याल , तरुण दल क्षेत्र न. ३ का सभापति महेश भट्टराई , नेपाल विद्यार्थी संघ क्षेत्र न. ३ का सभापति धनराज पौडेल , युवा सन्चारकर्मी विनोद रखाली मगर , नेपाल महिला संघ क्षेत्र न. ३ का उपसभापति सिता चाँपागाई लगाएतले वोलेका थिए ।

पिडीखोला गाविसका विभिन्न वडाका काङ्ग्रेस समर्थित समुदायको उल्लेख सहभागितामा सम्पन्न उक्त कार्यक्रम गोपिकृष्ण पाण्डेको स्वागत सङ्गै सुरु भई प्रेम सापकोटाको सन्चालन र नेपाली काङ्ग्रेस पिडीखोलाका सभापति जायश्यर पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %