बागलुङ समाज, पोखराको नयाँ वर्षमा शुभकामना आदान प्रदान

Read Time:2 Minute, 41 Second

रूद्र श्रीसमगर

पोखरा, १ वैशाख-नयाँ वर्ष २०७२ सालको अवसरमा बागलुङ समाज, पोखराले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा समाजले प्रकाशित गरेको २०७२ सालको नयाँ भित्तेपात्रो समेत विमोचन गरियो । कार्यक्रममा नयाँ वर्षको शुभकामना व्यक्त गर्दै बागलुङ समाज पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष सुर्य सप्रसाद श्रेष्ठले नयाँ वर्षमा देशले जनपक्षीय नयाँ संविधान प्राप्त गरी शान्ति तथा समृद्धितर्फ अग्रसर होस् भन्ने कामना गरे ।
समाजका पूर्व अध्यक्ष एवं सल्लाहकार प्रा. अमृतलाल श्रेष्ठले नयाँ वर्षमा सबैको सुख, शान्ति र समृद्धिको कामना गर्दै पोखरामा बसोबास गर्ने सम्पूर्ण बागलुङेहरू बीचको एकता अझै प्रगाढ बनोस् भन्ने कामना गरे । त्यस्तै, अर्का पूर्व अध्यक्ष एवं सल्लाहकार भीम बहादुर श्रीसले नयाँ वर्षले सबै जाति, भाषा, संस्कृति र वेशभूषाको पहिचानलाई संरक्षण गर्न सबैको ध्यान जानुपर्ने भन्दै राष्ट्रिय सहमतिका आधारमा नयाँ संविधान बन्नुपर्ने बताए ।
कार्यक्रममा बागलुङ–पोखरा मगर समाजका अध्यक्ष मेख बहादुर छन्त्याल, बागलुङ नेवाः खलः पोखरा तथा गलकोट घुम्टे विकास मञ्च–पोखराका अध्यक्ष निलप्रसाद श्रेष्ठ, बागलुङ महिला समाज, पोखराकी अध्यक्ष ज्योति शेरचन, बागलुङ समाज पोखराका सल्लाहकारहरू श्रवणलाल जोशी, टेक नारायण शाक्य, बागलुङ समाज पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिव प्रा. आनन्द मणि रिजाल लगायतले पोखरामा बसोबास गर्ने सम्पूर्ण बागलुङेहरू एक हुनुपर्नेमा जोड दिँदै नयाँ वर्षको शुभकामना दिएका थिए ।

समाजका अध्यक्ष डा. रविन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव ईश्वर खड्काले गरेका थिए भने उपाध्यक्ष शान्ता गिरीले स्वागत मन्तव्य दिएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %