फोनिज ताप्लेजुङ र दोलखा शाखाको जिल्ला भेला सम्पन्न

Read Time:2 Minute, 39 Second

देब पचभैया

काठमाडौं, ३० चैत – फोनिज दोलखा शाखाको जिल्ला भेला सम्पन्न भएको छ ।

शाखाको भेला फोनिज महासचिव गजुरधन राईको प्रमुख आथित्यतामा सम्पन्न भएको हो । भेलालाई सम्बोधन गर्दै महासचिव राईले समावेशी संचार नीति र जातीय पहिचान सहितको संघीय संविधानका लागि फोनिजका सदस्यहरु एकजुट भएर लाग्नुको विकल्प नरहेको बताए ।

भेलामा फोनिज कोषाध्यक्ष टेकराज थामी, केन्द्रीय सदस्यहरु जीवन लामा तथा शेरबहादुर भूजेलले शुभकामना मन्तब्य राखेका थिए । भेला फोनिज दोलखाका अध्यक्ष शुभाष योञ्जनको अध्यक्षतामा सम्पन्न भएको हो ।

भेलाले शाखाको सांगठनिक तथा आर्थिक प्रतिवेदन पारित गरेको थियो ।

यसैगरी ताप्लेजुङ शाखाले पनि जिल्ला भेला सम्पन्न गरेको छ । ताप्लेजुङ शाखाले संस्थागत हकअधिकारका लागि विभिन्न निर्णय गर्दै जिल्ला भेला सदरमुकाम फुङ्लिङमा सम्पन्न गरेको हो ।

फोनिजकी केन्द्रीय सदस्य माला पालुङ्वाको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले समावेशी सञ्चार नीतिका लागि सबै सदस्यहरु एक हुनुपर्नेमा जोड दिइन् । भेलालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य पालुङ्वाले आदिवासी जनजातिहरुको मुद्दा पहिचानसहितको संघीय संविधान र पूर्ण समावेशी सञ्चार भएकाले यसका लागि फोनिज सदस्यहरु एकजुट हुन आवश्यक रहेको बताइन् ।

यस्तै भेलामा आदिवासी जनजाति महासंघ जिल्ला अध्यक्ष लगायतका अतिथिहरुले शुभकामना मन्तब्य राखेका थिए । फोनिज शाखा ताप्लेजुङका अध्यक्ष चन्द्र पन्दाक (प्रयास)को अध्यक्षतामा सम्पन्न भेलामा सहसचिव ङिमा शेर्पा र सदस्य बुद्धराज पालुङ्वाले क्रमशः सांगठनिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

फोनिज शाखाको जिल्ला भेला हुने क्रम अझै जारी छ ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %