चिन्तामणी न्यौपाने
काठमाडौ , झण्डै २ दशकदेखी मुलकका बिभीन्न स्थानहरुमा होटल तथा रेष्टुरेण्ट ब्यवसाय गर्दै आएको सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीको १६ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
काठमाण्डौमा सम्पन्न साधारणसभाले चिन्तामणी न्यौपानेको अध्यक्षतामा नयां कार्यसमिती समेत चयन गरेको छ । काठमाण्डौ, बुटवल, नेपालगञ्ज, कैलालीको चिसापानी, टिकापुर समेत विभिन्न दश शाखाहरुबाट ग्राहकहरुलाई सेवा दिदै आएको बिजनेश ग्रुपले यसै आर्थिक बर्षदेखी चितवनको चुम्लीङतार , सुर्खेतको बिरेन्द्रनगर , पोखरा र पूर्वको ईटहरीमा समेत आफ्नो सेवा बिस्तार गर्ने निर्णय गरेको छ । सिद्धार्थले यसैबर्षदेखी टिकारपुरको स्तरउन्नती , नेपालगन्जमा २५ करोड लगानी थप गरेर सेवा बिस्तार कर्मचारीहरुकै लगानीमा काठमाण्डौका बिभीन्न स्थानमा फाष्टफुड रेष्टुरेण्ट संचालन गर्ने जानकारी दिएको छ ।
साधारणसभाकै अवसर पारेर सिद्धार्थ ग्रुपले शिक्षा, स्वास्थ लगायतका विविध क्षेत्रमा टेवा पुर्याउने उदेश्यले गैरनाफामुलक संस्था सिद्धार्थ एसोसियसन फर केयर एण्ड रेस्पोन्सिबिलिटी (साकार)को कार्यआरम्भ गरेको छ । “साकार”को कार्य प्रारम्भको अवसर पारेर सवारी दुर्घटनामा परि गम्भिर घाईते भएका नेपालगञ्जका युवा पत्रकार गोपी बुढालाई “साकार”को तर्फबाट रु ५०,०००।– (पचास हजार) सहयोग गरेको छ ।
नवगठित साकारको नेपालसरकारका मुख्य सचिव लिलामणी पौडेलले उदघाटन गरे। उदघाटन कार्यक्रममा बोल्दै मुख्य सचिव पौडेलले समाजीक दाईत्वमा प्रवेश गरेर सिद्धार्थले नयां आयाम थपेको बताए । उनले समाजीक उत्तरदाईत्वपनि ब्यवसायको लगानी भएको भन्दै समाजमा गरेको लगानी दिर्घकालिन रहने स्पष्ट पारे ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकारमहासंघका अध्यक्ष महेन्द्र बिष्टले सिद्धार्थले सुरुगरेको समाजसेवामा पत्रकारमहासंघको साथ र समर्थन रहेको बताए ।
नाफा नोक्सानमा मात्र कुरा गर्ने भन्ने मानसिकतालाई चिर्दै सामाजिक दायित्व पनि संस्थाको एउटा अभिन्न पाटो रहेको बिजनेश ग्रुपले दाबी गरेको छ । सिद्धार्थले मुलकका १० स्थानबाट ६ सय बढीलाई रोजगारी दिएको जनाएको छ ।
