मगर महिला संघ राष्ट्रिय सम्मलेनको तयारी पुरा

Read Time:2 Minute, 14 Second

विनोद रखाली मगर

  वालिङ् , चैत्र २७ – नेपाल मगर महिला संघको ५ औं राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको शुत्रवार वालिङ्मा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

नयाँ सविंधान निमार्णमा मगरात स्वायत्तता र पहिचानका लागि हाम्रो आन्दोलन , विभेद रहित पुर्ण समानुपातिक प्रतिनिधित्वको लागि नेपाल मगर महिलाको पाचौँ सम्मेलन भन्ने उद्धघोषका साथ स्याङ्जा को वालिङ्मा  पहिलो पटक आयोजना हुने सम्मेलनको सविंधान सभाका उपसभामुख ओनसरी घर्ती मगरले उद्धघाटन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा नेपाल मगर महिला संघ केन्द्रिय समितिका अध्यक्ष गगां खासु मगरले जानकारी दिइन् ।

सम्मेलनमा देशका ४७ जिल्लाका करिव २५० प्रतिनिधि तथा परीवेक्षकको सहभागीता रहने संघका महासचिव हिरा राना मगरको भनाई छ ।

चैत्र २८ गते शनिवार वालिङ्को खुलामन्चमा उद्धघाटन हुने सभामा विभिन्न जिल्ला देखिका मगर संघ सस्था तथा मगर संघका भातृसङ्गठनहरुको र्यालीले वालिङ् वजार  विहान ११ वजे मगर भेषभुषा, वाजागाजा तथा सांस्कृतीक प्रस्तुती सहित परीक्रमा गर्ने व्यवस्थापक मगर महिला संघ स्याङ्जाका अध्यक्ष खगिसरा थापा मगरको भनाई छ ।

कार्यक्रमको लागि मन्च व्यवस्थापन, प्रतिनिधि व्यवस्थापन तथा अन्य व्यवस्थापन सकिएको थापाले जनाइन् । पत्रकार सम्मेलनमा विभिन्न जिल्लाका मगर समुदायलाई उपस्थितीको लागी आह्रवान गरीएको छ ।

शनिवार उद्धघाटन हुने कार्यक्रम आइतवार २९ गते पाचौँ सम्मेलनको घोषणापत्र जारी गर्दै सकिनेछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %