रूद्र श्रीसमगर
पोखरा, २२ चैत – नेपाल मगर विद्यार्थी सङ्घ पृथ्वीनारायण क्याम्पस समिति, पोखराको १८ औं क्याम्पस अधिवेशनबाट अध्यक्षमा निशा घर्तीमगर सर्वसम्मत चयन भएका छन ।
“जातीय पहिचानसहितको सङ्घीयता र समृद्ध मगरात स्थापनार्थ हाम्रो आन्दोलन, वैज्ञानिक, व्यवहारिक र सङ्घीय शिक्षा प्रणालीका पक्षमा १८ औं क्याम्पस अधिवेशन” भन्ने मूल नाराका साथ आइतबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा ध्रुव रानामगर, सचिवमा सुशान्त गाहामगर, सह–सचिवमा कुमार पुनमगर र कोषाध्यक्षमा कुलबहादुर बुढामगर चयन भएका छन ।
त्यसैगरी, १५ सदस्यीय क्याम्पस समितिका सदस्यहरूमा स·ीता घर्तीमगर, कल्पना गाहामगर, दुर्गा पुनमगर, निशा पुर्जामगर, रूपा रानामगर, भुटान रानामगर, तिलक बरालमगर, चित्रप्रसाद घर्तीमगर, मेनुका रानामगर र मञ्जु घर्तीमगर तथा संगठन विभाग प्रमुखमा रेशम घर्तीमगर सर्वसम्मत चयन भएका छन ।
सङ्घका केन्द्रीय महासचिव गोमबहादुर रानामगरको अध्यक्षतामा केन्द्रीय सदस्य एवं भाषा तथा संस्कृति विभाग प्रमुख विनु मसरा·ीमगर र पूर्व केन्द्रीय सदस्य रूद्रबहादुर श्रीसमगर सदस्य रहेको अध्यक्षमण्डलले निर्वाचन प्रक्रिया सम्पन्न गरेको हो । बन्दसत्रले निवर्तमान सचिव रामबहादुर थापामगरले प्रस्तुत गरेको सा·ठनिक प्रतिवेदन र कोषाध्यक्ष अनिता रानामगरले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित समेत गरेको छ ।
नवनिर्वाचित नेतृत्वलाई सङ्घका केन्द्रीय सदस्य कुमार पुनमगर, गण्डकी अञ्चल सचिव प्रेम रोकामगर, कास्की जिल्ला अध्यक्ष नेत्र घर्तीमगर, पृथ्वीनारायण क्याम्पस समितिका निवर्तमान अध्यक्ष विवेक थापामगरले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यसअघि, अधिवेशनको उद्घाटन गर्दै सङ्घकी केन्द्रीय अध्यक्ष दीपा आलेमगरले सम्पूर्ण मगर विद्यार्थीहरू एकजुट भएर मगर जातिको हक, हित र अधिकार प्राप्तिका लागि अघि बढ्नुपर्ने बताए ।
कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष कमल थापामगर, महासचिव गोमबहादुर रानामगर, सचिव विशाल रानामगर, प्रचार सचिव फरेन्द्र थापामगर, केन्द्रीय सदस्य कुमार पुनमगर, पूर्व केन्द्रीय सदस्यद्वय रूद्रबहादुर श्रीसमगर र गोविन्द पुनमगर, पुन मगर समाज नेपालका केन्द्रीय सदस्य एवं युवा तथा विद्यार्थी विभाग प्रमुख नवीन पुनमगर, नेपाल मगर सङ्घ कास्कीका सह–कोषाध्यक्ष कुमार थापामगर, पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. देवेन्द्रबहादुर लामिछाने, नेपाल मगर बौद्ध सेवा समाज कास्कीका अध्यक्ष सु. चन्द्रबहादुर मसरा·ीमगर, मगर भाषा प्रतिष्ठान कास्की शाखाका उपाध्यक्ष रूद्रबहादुर हितानमगर, नेपाल मगर विद्यार्थी सङ्घ गण्डकी अञ्चल समितिका सचिव प्रेम रोकामगर, कास्की जिल्ला अध्यक्ष नेत्र घर्तीमगर, नेपाल तामाङ विद्यार्थी घेदुङका केन्द्रीय सचिव एवं नेपाल आदिवासी जनजाति विद्यार्थी महासङ्घ कास्कीका अध्यक्ष सुजनकुमार तामाङ, किरात राई विद्यार्थी सङ्घ कास्कीका संयोजक मिलन राई, नेपाल तमु विद्यार्थी छोंज धिं पृथ्वीनारायण क्याम्पस एकाइ समितिका अध्यक्ष काजी तमुलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा लोकगायक प्रसाद खप्तरीमगर र लोकदोहोरी गायक प्रकाश आचार्यले सा·ीतिक प्रस्तुतीद्वारा मनोरञ्जन दिएका थिए भने कलाकारहरूले विभिन्न एकल तथा सामूहिक मगर सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउने आठ जना नवप्रतिभाहरूलाई समेत सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा मिस मगर नेपाल–२०१४ की बिजेता उषा पाइजामगर, सेकेण्ड रनर अप सरला थापामगर, लोकगायक प्रसाद खप्तरीमगर, अभिनेत्रीद्वय कमला थापामगर र अनिता रानामगर, मिस प्लस टु गण्डकी–२०१५ की बिजेता सुनिता पुनमगर, जिल्ला अस्पताल, गोरखामा कार्यरत नायब सुब्बा जीतबहादुर रानामगर र जिल्ला अदालत मनाङमा कार्यरत खरिदार रामबहादुर थापामगरलाई सम्मान गरिएको थियो ।
त्यस्तै, यस वर्षको छात्रवृत्ति १० जना मगर विद्यार्थीले प्राप्त गरेका छन् । मगर विद्यार्थी छात्रवृत्ति प्राप्त गर्नेहरूमा विज्ञान संकायका मेनुका रानामगर, ध्रुव रानामगर, कानुन सड्ढायकी रच्चु आलेमगर, शिक्षाशास्त्र संकायका सरस्वती रानामगर, रामबहादुर रोकामगर, तिलक बरालमगर, व्यवस्थापन संकायका भीमकुमारी श्रीसमगर, दिलु शेरबुजामगर, भुटान रानामगर, मानविकी सड्ढायका पार्वतीकुमारी रानामगर रहेका छन । पृथ्वीनारायण क्याम्पस अंग्रेजी विभागका उप–प्राध्यापक निर्मल थापामगरको संयोजकत्वमा सङ्घका केन्द्रीय प्रचार सचिव फरेन्द्र थापामगर र केन्द्रीय सदस्य विनु मसरा·ीमगर सदस्य रहेको छात्रवृत्ति छनौट समिति गठन गरिएको थियो ।
निवर्तमान अध्यक्ष विवेक थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रामबहादुर थापामगरलेगरेका थिए भने उपाध्यक्ष कमला थापामगरले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
