देब पचभैया
पाल्पा, चैत्र २२ – ट्रक पल्टिदा पाल्पामा एक जनाको ज्यान गएको छ । चार जना घाईते भएका छन् ।
दुर्घटनामा ट्रकका सहचालक देबीनगर २ पाल्पाका २७ बर्षिय सुरज खाम्चा मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ । बुटवलबाट बाग्लुङ्गको बुर्तिबाङ जान हिडेको लु १ ख ४५५० नम्बरको ट्रक आईतबार बिहान २ बजे तिर पाल्पाको मदनपोखरा ३ डुम्रेमा सडक बाट झण्डै १५ मिटर तल खसेको छ ।
घाईते ४ जनाको लुम्बिनि मेडिकल कलेज प्रभास तानसेनमा उपचार भैरहेको र उनीहरुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
