रूद्र श्रीसमगर
पोखरा, २१ चैत – नेपाल मगर सङ्घ चाउथे कदममार्ग एकाइ समितिको दोस्रो अधिवेशनबाट अध्यक्षमा सुनमाया आलेमगर पुनः चयन भएका छन ।
शनिबार सम्पन्न अधिवेशनबाट प्रथम उपाध्यक्षमा युवराज रानामगर, द्वितीय उपाध्यक्षमा रिमबहादुर रानामगर, सचिवमा यमसरी थापामगर, सह–सचिवमा मञ्जु थापामगर, कोषाध्यक्षमा ईश्वरी थापामगर र सह–कोषाध्यक्षमा श्रीबहादुर रानामगर चयन भएका छन ।
त्यसैगरी, १५ सदस्यीय नवनिर्वाचित समितिका सदस्यहरूमा मीना थापामगर, सबिता रानामगर, लीलबहादुर थापामगर, तिलबहादुर थापामगर, देवी रानामगर, टेकमाया थापामगर, संगीता रानामगर र दलसरा थापामगर चयन भएका छन ।
सङ्घका जिल्ला संगठन विभाग प्रमुख गुमानसिंह थापामगरको संयोजकत्वमा यामबहादुर थापामगर र कुमार थापामगर सदस्य रहेको निर्वाचन मण्डलले निर्वाचन प्रक्रिया सम्पन्न गरेको थियो । नवनिर्वाचित समितिलाई प्रमुख अतिथ मे. प्रेमबहादुर थापामगर र वरिष्ठ समाजसेवी खड्कबहादुर रानामगरले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यसअघि, अधिवेशनबाट उद्घाटन गर्दै नेपाल मगर सङ्घ कास्कीका उपाध्यक्ष मे. प्रेमबहादुर थापामगरले विचार, राजनीतिक रूप जो जहाँ रहेपनि सम्पूर्ण मगरहरू आफ्नो अधिकारका लागि एक हुनुपर्ने बताए ।
आफ्नो धर्म, संस्कारमा समयानुकूल परिमार्जनको आवश्यकता औंल्याउँदै उपाध्यक्ष थापाले धर्मनिरपेक्ष राज्य भएपछि सङ्घसंस्था र संगठनहरू पनि धर्मनिरपेक्ष रहनुपर्नेमा जोड दिए । नामका लागि मात्रै पद नओगट्न आग्रह गर्दै थापाले सक्रिय भएर संगठन र समुदायका लागि काम गर्न पदीय दायित्व लिनुपर्ने बताए ।
कार्यक्रममा नेपाल मगर सङ्घ कास्कीका सचिव यामबहादुर थापामगर, सह–कोषाध्यक्ष कुमार थापामगर, संगठन विभाग प्रमुख गुमानसिंह थापामगर, सिराहाका सहायक प्रमुख जिल्ला अधिकारी थमनसिंह थापामगर, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) कास्कीका उपाध्यक्ष रूद्रबहादुर श्रीसमगर, नेपाल मगर सङ्घ कालिकानगर एकाइ समितिका अध्यक्ष खिमबहादुर आलेमगर, कदममार्ग टोल विकास संस्थाका अध्यक्ष कृष्णहरि काफ्ले, कदममार्ग आमा समूहकी सचिव इन्दु अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
अध्यक्ष सुनमाया आलेमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मञ्जु थापामगरले र स्वागत कोषाध्यक्ष ईश्वरी थापामगरले गरेका थिए ।
