देवदह क्षेत्रमा दिपबोरिङ्ग पम्पको आयोजना शुरु

Read Time:2 Minute, 20 Second

गोबिन्द घर्ती

देवदह , चैत्र २१ – देवदह क्षेत्रमा बढ्दो जनसंख्याको चापलाई मध्यनजर गर्दै देवदह खानेपानी तथा सरसफाई उपभोक्ता समितिले दिपबोरिङ्ग पम्पको आयोजना शुरु गरेको छ ।

देवदह क्षेत्रमा पानीको अभाव हुन नदिने सोचका साथ रुपन्देहीको देवदह–६, कलुवा गाउको उत्तर तर्फ रहेको जग्गामा दिप बोरिङ्ग पम्पको एक कार्यक्रमका वीच शुरु गरिएको हो ।

समितिले संचालन गर्दै आएको दाउन्नेबाट ल्याएको पानीले देवदह क्षेत्रका जनताको माग पुरा गर्न नसकिएको हुदा दिपबोरिङ्गको आयोजना गरिएको समितिका अध्यक्ष जसमान गुरुङ्गले बताए । समितिकै करिव ३६ लाखको लागतमा दिप बोरिङ्ग पम्पको आयोजना सम्पन्न गरिने समितिका सचिव नमराज पुरीले बताए ।

दिपबोरिङ्ग आयोजना १ महिना भित्र सम्पन्न हुने सचिव पुरीले बताए । दिपबोरिङ्ग पम्पबाट निस्कने पानी शुद्धता चेकिङ्ग गरेर दाउन्नेबाट आएको मुल पाईपमा जडान गरी पानी वितरण गरिने समितिका सचिव पुरीले बताउनु भयो । आयोजना सफल भएमा दिपबोरिङ्गबाट प्रति सेकेण्ड १२ लिटर पानी उत्पादन हुने सचिव पुरीको भनाई रहेको छ । त्यसैगरी जिल्ला खानेपानी जयकुटीका ईन्जिनियर देवी पाठकले अन्डरग्राण्डबाट निकालीको पानी अन्य पानीभन्दा शुद्धता हुने बताए ।

अण्डर ग्राउण्डबाट निकालिएको पानीमा आर्सनिकको बढि जोखिम हुने तर अन्य विषयमा भने राम्रो हुने ईन्जिनियर पाठकले बताए । दिपबोरिङ्गबाट निकालिएको पानीमात्र छ कि छैन भन्ने परिक्षण पश्चात दाउन्नेबाट आएको मुल पाईपमा मिसाईने पाठकको भनाई रहेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %