अन्तराष्ट्रिय बुद्धिचालका अध्यक्ष किरसान बुटवलमा

Read Time:2 Minute, 5 Second

सनु थापा मगर

चैत्र २० , बुटवल – अन्तराष्ट्रिय बुद्धिचाल संघका अध्यक्ष किरसान ईलमझिनोभलाई बुद्धिचाल संघ रुपन्देहीले बुटवल फुलबारीमा शुक्रबार एक कार्यक्रमका विच स्वागत गरेको छ ।

  नेपाल भ्रमणमा लुम्बिनी आउनेक्रममा उनलाई संघले स्वागत गरेको हो । रुसी संघको गणतन्त्र काल्मियाको प्रथम राष्ट्रपति समेत रहेका किरसानले आफ्नो ब्यक्तिगत पहलमा आगामी वर्षको डिसेम्बर देखी लुम्बिनीमा अन्तराष्ट्रिय खुला “बुद्ध कप ” बुद्धिचाल प्रतियोगिता गर्ने घोषणा गरेका छन् ।

यसको लागि नेपाल सरकारसंग पनि कुरा भैरहेको र प्रतियोगिताको लागि लाग्ने खर्च मध्येको करिब १५ लाख स्वयंले बेहोर्ने पनि बताए । आफु पनि बुद्धिष्ठ भएकोले बुद्ध कपको आयोजना गर्न लागेको प्रष्ट पारे । बुद्ध भुमिमा आउँन पाउँदा गौरब लागेको बताउँदै किरसानले बुद्धिचालको विकासको लागि नेपाललाई आफ्नो संस्थाले सक्दो सहयोग गर्ने बताए ।

बुद्धिचाल संघ रुपन्देहीका अध्यक्ष महेन्द्र राजभण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बुटवल उप–महानगरपालिकाका बरिष्ठ अधिकृत भुवा प्रसाद लुईटेल ,मणिमुकुण्द सेन उद्यान विकास समितिका उपाध्यक्ष मनोज राना , रामकुमार थापा , लगायतले बोल्नु भएको थियो । माधव प्रसाद प्रधानको स्वागत तथा नरेन्द्र बस्नेतको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %