बुटवल , मोहन वैद्य नेतृत्वको नेकपा ड्यास माओवादीको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले निजी विद्यालयहरुको संगठन प्याब्सनले ४० प्रतिशतसम्म शुल्क बृद्धि गरेको भन्दै शुल्कबृद्धि फिर्ता लिन माग गरेको छ ।
अखिल क्रान्तिकारी रुपन्देही संयोजक माधव पाण्डेले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी शुल्कबृद्धि तत्काल फिर्ता लिन निजी विद्यालयहरुलाई आग्रह गरेका हुन् ।
संगठनले कतिपय विद्यालयहरुले पुस्तक, कापी,ड्रेस र टाई बेल्ट समेत विद्यालयबाटै बेच्ने गरेको भन्दै त्यस्तो कामलाई पनि तुरुन्त बन्द गर्न माग समेत गरेको छ । संगठनको मागलाई बेवास्ता गरेर शुल्कबृद्धि फिर्ता नलिए र स्कुलबाट ब्यापार गर्ने काम नरोके कडा संघर्षमा उत्रिने संगठनले विज्ञप्तिमार्फत चेतावनी दिएको छ ।
देश संविधानविहीन र संक्रमणकालबाट गुज्रिरहेको अवस्थामा शिक्षणसंस्थालाई विद्यार्थी अभिभावकको ढाड सेक्ने गरी मनपरी शुल्क बृद्धि गर्ने र स्कुललाई ब्यापार गर्ने थलो नबनाउन विज्ञप्तिमा उल्लेख छ ।
