सनु थापा मगर
नवलपरासी, हावाहुरीका कारण रुख ढल्न पुग्दा नवलपरासीको कावासोतीमा रुखले च्यापिएर एक जना वद्धको ज्यान गएको छ ।
इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १ कोइलापानीमा रुखले च्यापिएर कोइलापानीका अन्दाजी ७५ बर्षीय पुर्णबहादुर गुरुङ्गको मृत्यु भएको हो । चौतारोमा बसिरहेको बेला शुक्रबार दिउंसो आएको हावाहुरीका कारण ढलेको रुखमा च्यापिएर मृतु भएको प्रत्यक्षदर्शीहरुले बताए ।
यस्तै हावाहुरीका कारण बिभिन्न स्थानहरुमा बिजुली पोल ढलेका कारण बिद्युत सेवा अबरुद्ध भएको छ भने नवलपरासीको दलदले प्रगतिनगर लगायतका बिभिन्न स्थानहरुमा राजमार्ग समेत अबरुद्ध हुन पुगेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
