रूद्र श्रीस मगर
पोखरा, २० चैत – लायन्स क्लब अफ पोखरा सुन्दर नगरीको लायन वर्ष २०१५-१६ को नयाँ कार्यसमिति चयन भएको छ ।
क्लबको नवनिर्वाचित अध्यक्षमा तोयराज अधिकारी, प्रथम उपाध्यक्षमा महेश पौडेल, द्वितीय उपाध्यक्षमा शिव थापामगर, तृतीय उपाध्यक्षमा शोभाखर भण्डारी, सचिवमा यज्ञराज पौडेल र कोषाध्यक्षमा पदमबहादुर ढकाल चयन भएका छन ।
त्यसैगरी, मेम्बरसीप चेयरपर्सनमा हरिशचन्द्र शर्मा, सहसचिवमा रामेश्वर अधिकारी, सहकोषाध्यक्षमा रुकमा·द पोखरेल, पीआरओमा धर्मबन्धु सुवेदी, टेमरमा दीपेन्द्र सुवेदी, टेलट्वीष्टरमा बाबुराम पाण्डे, आर्थिक संयोजकमा सुशन पौडेल, शिक्षा संयोजकमा चुडामणि सुवेदी, खेल संयोजकमा टुकबहादुर थापा र स्वास्थ्य संयोजकमा नेत्र सुवेदी चयन भए ।
अन्य सदस्यहरू भने पछि पदपूर्ति गरिने क्लबले जानकारी दिएको छ । क्लबका चार्टर प्रेसिडेन्ट लायन थिरबहादुर थापाको संयोजकत्वमा नेत्र ज्ञवाली, शिव थापामगर, योगराज पौडेल र गोपी बरालको पाँच सदस्यीय निर्वाचन समितिले सर्वसम्मत निर्वाचन सम्पन्न गरेको थियो ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ का ब्लड डोनेशन चिफ कोअर्डिनेटर तथा कार्यक्रमका प्रमुख अतिथि लायन दीनबन्धु पौडेलले नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै सुन्दर नगरीले नामजस्तै काम पनि सुन्दर गरिरहेकोमा प्रशंसा गर्दै आगामी दिनहरूमा अझ सिर्जनशील कामहरू गरेर अघि बढ्न सुझाव दिए ।
सोही कार्यक्रममा योगराज पौडेल, किशोर बराल, गोपी बराल र थिरबहादुर थापाले शुभकामना मन्तव्य राखेका थिए । क्लबका अध्यक्ष नेत्र ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष तोयराज अधिकारीले स्वागत मन्तव्य र सञ्चालन सचिव शिव थापामगरले गरेका थिए ।
