प्रतिक्रियावादीलाई परास्त गर्न एकता अपरिहार्य : वैद्य

Read Time:2 Minute, 49 Second

रूद्र श्रीस मगर

काठमाडौं,२०७१ चैत २० गते – नेकपा – माओवादीका अध्यक्ष मोहन वैद्यले माओवादी शक्तिहरूबीचको एकता अपरिहार्य रहेको बताएका छन् ।

अनेरास्ववियू (क्रान्तिकारी)को शुक्रवार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा आयोजित २० औं राष्ट्रिय सम्मेलनको उदघाटन गर्दै प्रतिक्रियावादीहरूलाई परास्त गर्नका लागि पनि माओवादी शक्तिहरूबीच एकतामा जोड दिएका हुन् ।

क्रान्तिकारी शक्तिहरूबीचको विभाजनकै कारण प्रतिक्रियावादीहरू सल्बलाएको उल्लेख गर्दै वैद्यले प्रतिक्रियावादी शक्तिह?लाई परास्त गर्न पनि क्रान्तिकारी शक्तिहरूबीचको एकता आवश्यक भएको बताए ।

विगतमा सशक्त ढंगले उठेको आन्दोलनले धक्का ब्यहोरेको प्रसंग उल्लेख गर्दै उनले विगतको आन्दोलन आफूह?को पराजय नभएको जिकिर गरे । विगतका इतिहासका गम्भीर अवस्थामा विद्यार्थी आन्दोलन महत्वपूर्ण भएको उल्लेख गर्दै वैद्यले अहिलेको अवस्थामा पनि विद्यार्थी आन्दोलन उठाउन जरूरी भएको उल्लेख गरे ।

केही समयअघि विभाजन भएपछि वैद्य माओवादीसम्बद्ध क्रान्तिकारी विद्यार्थीहरूको पहिलो राष्ट्रिय सम्मेलन हुन लागेको हो । सम्मेलनमा देशभरबाट प्रतिनिधि र पर्यवेक्षक गरी ७ सय जना सहभागी रहेको महासचिव रत्न ढकालले जानकारी दिए । बन्दसत्र शनिवार विहानबाट सुरू हुने बताइएको छ ।

पार्टी विभाजनपछि वैद्य माओवादीको विद्यार्थी संगठन भने कमजोर भएको छ । संगठनको केन्द्रीय समितिको अधिकांश पदाधिकारीसहित ६० प्रतिशत बढी विप्लव माओवादीमा लागेपछि नेकपा-माओवादीको विद्यार्थी संगठन भने कमजोर देखिएको छ ।

अध्यक्षसहितका विद्यार्थी नेताहरू विप्लवतिर गएपछि वैद्य माओवादीले अनेरास्ववियू (क्रान्तिकारी)को संयोजकमा सुरेश गौतमलाई चयन गरेको थियो । कमजोर अवस्था रहेको संगठनलाई मजबुत पार्नको लागि सहमतिबाट अगाडि बढ्ने विद्यार्थी नेताहरूले बताएका छन् ।

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %