देब पचभैया
पाल्पा, चैत्र २० – पाल्पा कारागारमा साथी भेट्न आएकी २४ बर्षिया पुनम लिम्बु लागुऔषध सहित पक्राउ परेका छन् ।
४५ दिन लागुऔषधको मुद्धामै सजाय भुक्तान गरी पाल्पा कारागार बाटै एक महिना अघि छुटेकी पुनम साथी भेट्न कारागार आउदा लागु औषध सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ । उनको साथ बाट Phenergan ५१ थान, diazapam ५० र leogesic ५० थान बरामद भएको प्रहरी निरिक्षक डाक्टर प्रसाद चौधरीले जानकारी दिए ।
उनको साथ बाट बरामद भएको लागु औषध जेलमा रहेका साथीलाई दिन वा आफै प्रयोग गर्न के को लागी हो भन्ने बारे अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । काठमाण्डौ महानागरपालीका २९ नयाँबानेश्वर घर भएकी लिम्बु गएको मंशिरमा लागु औषध सहित रुपन्देही बाट पक्राउ परेकी थिईन् ।
