मानब अधिकारको बारेमा छलफल सम्पन्न

Read Time:2 Minute, 41 Second

देब पचभैया    

पाल्पा, चैत २० गते – अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक पाल्पाले जिल्लामा तीन महिनाको अवमिा भएका मानवअधिकार सम्बद्ध घटनाहरुलाई आज एक कार्यक्रमका बीच सार्वजनिक गरेको छ ।

इन्सेकका जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाले प्रतिबेदन सार्वजनिक गर्दै जिल्लामा जर्वजस्ती करणी, बहुबिवाह, बालबिवाह मुख्य समस्याको रुपमा रहेको बताए । ४ वर्षदेखि बेपत्ता अवस्थामा रहेका किशोर न्यौपानेबारे अहिलेसम्म पनि यथार्थ बाहिर आउन नसकेको,पाल्पा कारागारमा उचित भवन नहुँदा पुरुष बन्दीहरुको ब्यवस्थापनमा समस्या रहेको तिमिल्सिनाले बताए ।

कार्यक्रमका प्रमुख अतिथि पाल्पाका प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीले गाउँ तहसम्म पुगेर मानवअधिकार उल्लंघनका घटनाहरुलाई बाहिर ल्याउनुपर्नेमा जोड दिए । प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीले प्रहरी मानवअधिकार मैत्री रहेको बताए ।

नेपाली कांग्रेस पाल्पाका जिल्ला सभापति बीरबहादुर राना, नेकपा एमाले पाल्पाका सचिव ओमबहादुर घर्ती, एमाओवादी पाल्पाका इन्चार्ज बसन्त शर्मा कुशल, राप्रपा पाल्पाका अध्यक्ष डुलबहादुर कुँवर, राष्ट्रिय जनमोर्चाका रेशम कंडेल, अखण्ड नेपाल पार्टीका अध्यक्ष दिनेश रावल, नेकपा माओवादीका डिबि राना लगायतले आ-आफ्नो धारणा राखेका थिए । अन्य सहभागीहरुले मानवअधिकार सम्बद्ध बिषयमा आ-आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा जिल्ला स्थित राजनीतिक दलका प्रमुख, मानवअधिकारर्की, संचारकर्मी, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । मानवअधिकारकर्मी राजेन्द्र बस्यालको संचालन र इन्सेक जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %