आदिवासी जनजाति मैत्री संविधान लागू हुनुपर्ने

Read Time:5 Minute, 42 Second

कमल चौधरी

बुटवल , चैत्र १८ – आदिवासी जनजाति समुदायका हक अधिकार सुनिश्चित गर्नको लागि मुलुकमा आदिवासी जनजाति मैत्री संविधान लागू हुनुपर्नेमा एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीको आयोजनामा मंगलबार बुटवल स्थित ग्रिन भ्याली पार्टी प्यालेसमा भएको ‘आदिवासी जनजाति मैत्री संबिधान र सञ्चार क्षेत्रको भूमिका’ विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले उक्त कुरामा जोड दिएका हुन् । उनीहरुले आदिवासी जनजाति आफैहरु भित्रै मतभेद भएको हुदाँ अब सम्पूर्ण आदिवासी जनजाति फुटेर नहुने भन्दै एकजुट भएर लाग्नुपर्ने आवश्यक रहेको बताए । साथै उनीहरुले अहिले मुलुकमा संघीयता पक्षधर र संघीयता विपक्षधरको चलखेलले गर्दा आज यहाँका आदिवासी, उत्पीडित, महिला मधेशी, मुस्लिम लगायतका समुदायको हक अधिकार सुनिश्चित हुन नसकेको जिकिर गरेका छन् ।

कार्यक्रममा आदिवासी जनजातिलाई यो वा त्यो वहानामा नेतृत्व तहमा पुग्न नदिने गरेको आरोप लगाउँदै आन्दोलनमा प्रयोग गर्ने मात्रै नभएर निर्णायक तहमा पुर्याउनु पर्नेमा जोड दिएका थिए । उनीहरुले लोकतान्त्रिक संविधान र स्वतन्त्र संचार मैत्री संविधान विना कसैको पनि अधिकार र पहिचान सुनिश्चित नहुने भन्दै स्वतन्त्र संचार मैत्री संविधान निर्माण गरिनु पर्ने बताएका छन् । कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष सन्तराम चौधरीले विगतमा हाम्रो पुर्खाहरुले गरेको गल्तीले नै आज राज्यका हरेका निकयमा पहुँच नपुगेको बताए । उनले अब ती गल्तीलाई दोर्याउन नहुने भन्दै अब सम्पूर्ण आदिवासी जनजातिहरुमा सकारात्मक सोचाईमा परिवर्तन हुनुपर्नेमा जोड दिए । उनले अब आदिवासी जनजाति बन्दुक र हतियारको युद्ध होईन अब हामी कलम, बुद्धि र विबेकको युद्ध गर्न आवश्यक रहेकोमा जोड दिँदै सबै आदिवासी जनजाति शिक्षित हुनुपर्नेमा जोड दिए ।

त्यस्तै आदिवासी जनजाति यूवा महासंघका केन्द्रीय उपाध्यक्ष महेन्द्र लिगलले अब आदिवासी जनजातिहरु पहिचान सहितको संघीयता संविधानको लागि व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर लाग्नुपर्नेमा जोड दिए । उनले राज्यमा सम्पूर्ण आदिवासी जनजाति समुदायको समानुपातिक प्रतिनिधित्व हुनुपर्ने भन्दै आफ्नो अधिकार सुनिश्चित गर्दा अरुको अधिकार माथि ध्यान दिनुपर्ने बताए ।

त्यस्तै नेपाल पत्रकार महासंघका जिल्ला सचिव रुद्रहरी कुवँरले जनजाति मैत्री संविधान निर्माणको लागि मिडियाको निकै ठूलो भूमिका रहेको औंल्याए । उनले मिडियमा समबेशी, संघीयता र स्वतन्त्रताको लागि जनजाति पत्रकारहरु क्रियाशिल भएर लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीका अध्यक्ष मिलन गाहाको अध्यक्षता, उपाध्यक्ष राज चौधरीको स्वागत र सचिव आशिस सुर्यवंशीको संचालनमा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघका निवर्तमान अध्यक्ष तथा सल्लाहकार भिम गुरुङ्ग, राष्ट्रिय समाचर समितिका लुम्बिनी इन्चार्ज भारत के.सी, प्रहरी नायक उपरीक्षक तथा इलाका प्रहरी कार्यालय बुटवलका दिलिप घिमिरे, नेपाल आदिवासी जनजाति महासंघका पुर्व अध्यक्ष तथा समाजसेवी होमबहादुर गलामी लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै इन्जिनियर गम प्रसाद रेश्मी, तमू हयुल छोज धीं का अध्यक्ष सुर्यलाल गुरुङ, नेपाल मगर संघका जिल्ला उपाध्यक्ष गीता सारु, रेडियो देवदहका स्टेशन म्यानेजर यम राना, प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष अमृत गिरी, समाजसेवी चिनबहादुर गुरुङ्ग, थकाली सेवा समितिका अध्यक्ष लालबहादुर गौचन, लक्ष्मी पुन, भुलबहादुर सुनारी, इन्द्र सारु, मनोज राना लगायतले बोलेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %