पहिचानको मुद्धालाई घनिभुत बनाउनुपर्नेमा जोड ।
देब पचभैया
बुटवल, १७ चैत्र – आदिवासी जनजातिका पहिचान सहितको अधिकार सुनिश्चित भएको संविधान निर्माणका लागि आदिवासी जनजातिहरु एक जुट हुनु पर्ने बुटवलमा सम्पन्न एक कार्यक्रममा बोल्ने बक्ताहरुले औल्याएका छन् ।

आदिवासी जनजातिलाई यो वा त्यो वहानामा नेतृत्व तहमा पुग्न नदिने गरेको आरोप लगाउदै आन्दोलनमा प्रयोग गर्ने मात्रै नभएर निर्णायक तहमा पुर्याउनु पर्ने जोड दिएका थिए । आदिवासी जनजातिका अधिकार सुनिश्चित भएको र पहिचान सहितको संविधान आउदा के फाइदा हुन्छ र नआउदा के घाँटा हुन्छ भन्ने कुरामा सोच्न राजनीतिक दलका नेताहरुलाई आग्रह समेत गरिएको छ ।
मंगलबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीको जिल्ला भेलाको अवसरमा आदिवासी जनजाति मैत्री संविधान निर्माणमा संचार क्षेत्रको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो कुरा बताएका हुन् ।
उनीहरुले लोकतान्त्रिक संविधान र स्वतन्त्र संचार मैत्री संविधान विना कसैको पनि अधिकार र पहिचान सुनिश्चित नहुने भन्दै स्वतन्त्र संचार मैत्री संविधान निर्माण गरिनु पर्ने बताएका छन् । बक्ताहरुले लामो समयसम्मको राजनीतिक अन्यौलताले पत्रकारीता झनै चुनौतीमा परेको बताए ।
नेपाल आदिवासी जनजाति महासंघ रुपन्देहीका अध्यक्ष सन्तराम चौधरीको प्रमुख आतिथ्यता, मिलन गाहाको अध्यक्षता, सचिव आशिष सूर्यवंशीको संचालन र राज चौधरीको स्वागतमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति युवा महासंघका केन्द्रीय उपाध्यक्ष महेन्द्र लिगल, नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव रुद्रहरी कुवंर, फोनिजका सल्लाहकार भिम प्रसाद गुरुङ, सल्लाहकार होम गलामीमगर, रासस का लुम्बिनी ईन्चार्ज भरत के.सि., प्रेस चौतारीका अध्यक्ष अमृत गिरी, नेपाल मगर संघका उपाध्यक्ष गीता सारु, तमू हयुला छोज धिं का अध्यक्ष सुर्यलाल गुरुङ, थकाली सेवा समितिका अध्यक्ष लाल बहादुर गौचन, ई.गम प्रसाद रेश्मी, भुल बहादुर सुनारी, चिन बहादुर गुरुङ, योग गुरुङ, रेडियो देवदहका स्टेशन म्यानेजर यम राना, मगर विद्यार्थी संघ जिल्ला अध्यक्ष इन्द्र सारु, भिम प्रसाद श्रेष्ठ, नेपाल मगर संघ बुटवलका सचिव मनोज राना, मगर युवा संघ बुटवलका अध्यक्ष ध्रुव थापा, नेपाल मगर महिला संघका जिल्ला सदस्य लक्ष्मी थापा, प्रहरी नायव उपरीक्षक दिलिप घिमिरे लगायतले मन्तव्य राखेका थिए ।
