नेपाल मगर संघ गणतन्त्र कोरियाले गर्‍यो बिदाई कार्यक्रम

Read Time:1 Minute, 42 Second

निश्चल काउचा

ईपिएस प्रणाली मार्फत कोरिया आएर आफ्नो ४ बर्ष १० महिने कार्य अवधी सकेर नेपाल फर्कनु लाग्नु भएका नेपाल मगर संघ गणतन्त्र कोरियाका निवर्तमान महासचिव सिपी मगर र सक्रिय सदस्यहरु अर्जुन बिरकट्टा मगर र गोविन्द ल्हाया मगरलाई सोलको दोङ्देमुन स्थित पूजा रेस्टुरेन्टमा नेपाल मगर संघ गणतन्त्र कोरियाले एक समरोह बीच बिदाई कार्यक्रम गर्‍यो । उक्त कार्यक्रममा कोरियामा रहेका मगरहरुको बृहत उपस्थिति रहेको थियो ।

सोही अबसर बोल्दै निवर्तमान महासचिव सिपी मगरले कोरियामा नेपाल मगर सँगको लामो ईतिहास रहेको स्मरण् गर्दै बिदेशी भुमीमा रहेर पनि आफ्नो कला सस्कृति र भेषभुषा भुल्न नसकिने र यसको जगेर्ना गर्ने जिम्मेवारी पनि युवा पुस्ताको हो भन्दै आफु स्वदेश फर्के पनि यो एकताको नदी निरन्तर बगोस भन्दै कामना गरे । त्यसै गरी वर्तमान अध्यक्ष खडक थापा मगरले उहाहरुको योगदान उच्च रहेको बताउदै नेपाल मगर संघ गणतन्त्र कोरियाले उहाहरुलाई सधैं सम्झी रहने सुनाउदै उहाहरुको स्वदेश यात्रा सम्वृद्धि तर्फ लम्कियोस भन्दै सुखद यात्राको शुभकामना दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %