विनोद रखाली मगर
गल्याङ् , चैत्र ९ – दलित समन्वय समिति मालुङ्गा गाविसको आयोजना तथा मालुङ्गा गाविसको आर्थिक सहयोगमा स्याङ्जाको मालुङ्गा गाविसका दलित समुदायका लागि लक्षित गरि सन्चालित ३ दिने नेतृत्व तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।
तालिमको समापन गर्दै गाविस सचिव मनिराम भट्टराईले अन्य समुदायको तुलनामा दलित समुदाय विभिन्न क्षेत्रमा पछाडी परेको तितो यथार्थलाई तालिमले समाजको नेतृत्व तथा उत्थान गर्नमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले थोरै समयको तालिम भए पनि सिकाईलाई व्यवहारिक रुपमा रुपान्तरण गर्न सवै प्रशिक्षार्थीलाई आग्रह गरे ।
कार्यक्रममा नेकपा एमाले क्षेत्र नं. ३ का सदस्य मोति भट्टराई , नेकपा एमाले मालुङ्गाका अध्यक्ष शोभाकान्त वस्याल , मालुङ्गा प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष नन्दलाल वस्याल , मुक्ति समाज क्षेत्र नं. ३ का सदस्य याम वहादुर वि.क.अन्तर महिला सन्जालका अध्यक्ष निर्मला तिवारी , तालिमका प्रमुख प्रशिक्षक विनोद रखाली मगर , प्रशिक्षक नारायण वि।क लगाएतले वोलेका थिए । ३ दिन सम्म सन्चालित तालिममा विस्नु वि।क। , पम्फा नेपाली , सुजाता वि.क. लगाएत प्रशिक्षार्थीले आफ्नो अनुभव राखेका थिए । तालिम अवधिभर भएगरेका विभिन्न विषयवस्तुलाई सुधा वि.क.ले प्रतिवेदनको रुपमा प्रस्तुत गरेका थिए ।
मालुङ्गा गाविसका करिव ४० दलित महिलाहरुको सहभागिता रहेको उक्त तालिममा प्रमुख प्रशिक्षकका रुपमा लक्ष्मी टेलिभिजनका समाचार प्रमुख तथा युवा सन्चारकर्मी विनोद रखाली मगर , प्रशिक्षकहरु कालिगण्डकी एफ्।एम्का प्राविधिक प्रमुख नारायण वि.क. , युवा सन्चारकर्मी जि.वी. राना मगर लगाएतले सहजिकरण गरेका थिए ।
विमला वि.क.को स्वागत सङ्गै सुरु भएको समापन कार्यक्रमको सन्चालन तालिमका सयोंजक तिलकराम वि.क.ले र उपभोक्ता समितिका अध्यक्ष ज्ञानु कुमारी वि.कको अध्यक्षतामा सम्पन्न भएको थियो ।
